Top Ad unit 728 × 90

a
Ad Inside Post

पूर्व मुमाबडामहारानीको निवासको बिजुली काट्ने प्रचण्ड आफ्नो निवासको १२ लाख ५०हजारको बिल मिनाह गराउदै

प्रधानमन्त्री पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटको खानेपानीको १२ लाख ५० हजार रुपैयाँको बिल मिनाह गर्न दवाव परेको छ । लाजिम्पाट स्थित दाहालको निजी निवासले केही वर्षदेखि बाँकी राखेको खाने पानीको महसुल भुक्तानी गर्न गत असार ३१ गते काठमडौं उपत्यका खानेपानी लिमिटेडले बिल काटेको थियो ।
लाजिम्पाटस्थित प्रचण्ड निवासको खाने पानीको बक्यौता तत्काल भुक्तानी गर्न केयुकेलले गत असार ३१ गते बिल बुझाएको थियो । बिलमा उल्लेखित १२ लाख ५० हजार रुपैयाँ मिनाह गर्न आदेश गर्दै खानेपानी तथा सरसफाइ मन्त्रालयमा सो बिल पुगेको छ ।
असार ३१ गते दाहाल निवासमा बुझाइएको बिलमा उल्लेखित रकम हालसम्म पनि भुक्तानी नभएपछि केयुकेलले ताकेता गरेको थियो । तर, महसुल सम्पूर्ण रुपमा मिनाहका लागि तोक लगाउँदै दाहाल निवासको सो बिल खानेपानी तथा सरसफाइ मन्त्रालयमा पुगेको छ । ‘सबै महसुल मिनाहको लागि पहल गरिदिनु पर्यो भनेर बिल खानेपानी तथा सरसफाइ मन्त्रालयमा आएको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘कसरी मिनाह गर्न सकिन्छ भन्ने उपाय निस्कन सकेको छैन ।’
माओवादी स्रोतले लाजिम्पाटको निवासमा दाहाल भाडामा बसेको भनिए पनि सो निवासको सम्पूर्ण दायित्व घर धनीकै रुपमा दाहालकै रहंदै आएको छ । खानेपानीको १२ लाख ५० हजार रुपैयाँ बक्यौता महसुल भुक्तानीका लागि भने केयुकेलले बारम्बार ताकेता गर्दै आए पनि हालसम्म उठेको छैन । बरु दाहाल प्रधानमन्त्री भएपछि मन्त्रालय मार्फत नै महुसल मिनाहका लागि आदेश भएको हो ।

पूर्व मुमाबडामहारानीको निवासको बिजुली काट्ने प्रचण्ड आफ्नो निवासको १२ लाख ५०हजारको बिल मिनाह गराउदै Reviewed by a on 9:14 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.