Top Ad unit 728 × 90

a
Ad Inside Post

रहस्यमय बन्दै देउवा दम्पतीको विदेश भ्रमण

भाद्र १३, काठमाडौं । पार्टीको परम्परा र पद्वति विपरीत कसैलाई पनि कार्यवहाक सभापति पद जिम्मा नलगाई कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् । उता केपी ओली पनि उपचारका लागि थाइल्याण्ड उडेका छन् ।
ओलीको रोग के हो जगजोहर छ, उनले कार्यवहाक अध्यक्ष उपाध्यक्ष वामदेम गौतमलाई जिम्मा लगाएका छन् । तर, देउवाले त्यसो गरेनन् ।
देउवा ‘बिरामी’ छन् र विदेशमा उपचार गर्नुपर्ने गरी बिरामी छन् भन्ने कार्यकर्ता र सर्वसाधरणले उनी सिंगापुर जाने भनेपछि मात्र थाहा पाए ।
देउवालाई के रोग लागेको हो ? अहिले कांग्रेसमा ठूलो खुल्दुली छ । कतै देउवालाई पूर्वराजा ज्ञानेन्द्रलाई जसरी थाइल्याण्ड सिंगापुर गइरहनुपर्ने राजनीतिक रोग लागेको त होइन ? शंका गरिन थालेको छ ।
देउवाको साथमा सांसद पत्नी आरजु देउवा पनि सिंगापुर उडेकी छिन् । कसै गरे पनि मन्त्री बन्न नसकेकाले बहकिएको आरजुको मन सिंगापुरमा बहलिएला तर देउवाको भ्रमणको प्रयोजन के हो ? खुल्न सकेको छैन ।
-साँघु साप्ताहिक

रहस्यमय बन्दै देउवा दम्पतीको विदेश भ्रमण Reviewed by a on 11:36 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.