Top Ad unit 728 × 90

a
Ad Inside Post

कालोबजारीलाई छुटाउन बजार बन्द

भाद्र १०, २०७३- कालोबजारी आरोपमा पक्राउ परेका तीन व्यापारीलाई छुट्टाउन यहाँको उद्योग वाणिज्य संघले बिहीबार गोरखा बजार बन्द गराएको छ । सरकारले अनुदानमा किसानलाई उलपब्ध गराएको रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण गरेको अवस्थामा अनुगमन समितिले मंगलबार ती व्यापारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामा अनिता एग्रोभेटका रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठ छन् । पक्राउपछि नै छाड्न दबाब दिएका स्थानीय व्यापारीले बुधबार दिनभर पनि प्रहरी प्रशासनसँग छलफल गरेका थिए ।
पक्राउ गरिएकाहरूलाई हिरासतमा राखी पाँच दिन अनुसन्धानको म्याद थपिएपछि संघ आन्दोलित भएको हो । बजार बन्द गराउन उद्योग वाणिज्य संघका प्रतिनिधिले सदरमुकाममा माइकिङ गरेका थिए ।
पक्राउ परेकाहरूविरुद्ध कालोबजारी ऐन २०३२ अनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संघले भने व्यापारीहरूमाथि लगाइएको आरोप झुठा भन्दै विज्ञप्ति जारी गरेको छ । कार्यवाहक अध्यक्ष जीवनज्योति श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका व्यवसायीहरूलाई बिनासर्त रिहा गर्न माग गरिएको छ ।
अनुगमन टोलीले ती पसलबाट ५० किलोका ३ सय ६४ बोरा मल सिलबन्दी गरेको थियो । जिल्ला कृषि विकास कार्यालयको अनुमतिले कृषि सहकारी संस्थाले मात्रै अनुदानको मल बिक्री वितरण गर्न पाउने प्रावधान छ । जिल्लामा २० वटा कृषि सहकारी र तीन बचत तथा ऋण सहकारीले अनुदानको मल खरिद बिक्री अनुमति लिएका छन् । अनुमति पाएका तीनै बचत तथा ऋण सहकारी संस्थाको मिलेमतोमा व्यापारीहरूले मल बिक्री गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । अनुगमन टोलीले तीन वटै पसलको मल गोदाममा सिलबन्दी गरेको छ ।
अनिताले एग्रोभेटले आदर्श सहकारी गोरखा नगरपालिका ५, विशाल किरानाले बुंकोट बाह्रबिसे मिलक कृषि सहकारी र श्रेष्ठ किनाराले बुंकोटको पञ्चकन्या कृषि सहकारी संस्थाले अनुदानमा प्राप्त मल आफ्नो पसलबाट बिक्री गरेको खुलेको छ । अनुगमन समितिले मल बिक्री गरेको रसिदसमेत बरामद गरेको थियो ।

कालोबजारीलाई छुटाउन बजार बन्द Reviewed by a on 9:07 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.