Top Ad unit 728 × 90

a
Ad Inside Post

भाग्यको मालिक बनाउने भागवतका दुर्लभ सूत्रहरू

‘जीवन सन्तुलनका लागि प्रेम अनिवार्य वस्तु हो’, दार्शनिक एरिक फ्रोम र विलियम रेकको मनोविज्ञानका अनुसार । जुन कुरा श्रीमद्भागवत पुराणले कृष्णमार्फत हाँसो, प्रेम, माधुर्यता, रासलीला, संगीत र लालित्यलाई आध्यात्मको जग बनाएको छ । भागवतमार्फत ब्यक्त अध्यात्मले निराशाको दर्शनलाई अस्वीकार गर्छ ।
पश्चिमका अनिश्वरवादी दार्शनिक ‘नित्से’ले भने जस्तो ईश्वरीय सत्ता नभएको होइन तर अस्तित्वमा भएको भन्दैमा श्रीमद्भागवत अन्धविश्वासको वकालत गर्दैन । बरू सामाजिक न्याय, आत्मबोध र अन्धविश्वासको विरुद्धमा श्रीमद्भागवतले हरेक समस्याको निरुपण गरेको छ । पुराणको विश्लेषण परम्परावादी कर्मकाण्डी तवरले भन्दा यसको लाक्षणिक अर्थको नवीन खोज र व्याख्यालाई प्रवचन गर्न सकिएमा संसारका सबै अस्थिरताको उत्तर पुराणमा भेट्न सकिन्छ । यो पुराणको रहस्यका बारेको अनुसन्धान वेलायत तथा अमेरिकामा भइरहेको छ । अमेरिकाको सन् फ्रान्सिस्को स्थित ‘एसियाली कला सग्रहालयको आर्ट ग्यालरीमा राखिएको श्रीमद्भागवत पुराणको तस्वीर यहाँं देख्न सक्नु हुनेछ ।
मानव सभ्यताका प्राचीन साहित्य, अति विशिष्ट र आदिम ग्रन्थहरू मध्ये यस श्रीमद्भागवत पुराणलाई पूर्ण पुराण मानिन्छ । मानव सभ्यताको पहिलो कृति र अति उत्कृष्ट दर्शनको रुपमा चार वेदलाई मान्यता दिइएको छ । योगी, तपस्वी तथा अलौकिक दर्शनिक वेदव्यास,जो नेपाल धरामा जन्मिएका थिए । उनले यसलाई तयार पारेको वैदिक साहित्यको प्रमाण छ ।
जन्मको आधारमा मानिसको कुनै जात हुँदैन भन्ने धर्मले नै बोलेको बलियो प्रमाण हो—भागवत पुराण । जसका लेखक स्वंय आजभोलि भनिने गरेको ‘आदिवासी जनजाति’ माझी पुत्र वेदव्यास थिए । यो पुराणको सहि विश्लेषण गर्ने हो भने वर्तमान जातिय छुवाछुत र विभेदजस्तो जघन्य मानव अपरालाई निमिट्यान्न पार्न सकिन्छ । परासर ऋृषि र माझी पुत्री सत्यवतीको कोखबाट जन्मिएका वेदव्यासको जन्मथलो प्राचीन नेपाल थियो । ऋृषि परासरको जन्म र तपोभूमी नेपालको नवलपरासी जिल्लामा भएको विभिन्न अनुसन्धानले देखाएका छन् । परासी र नवलपुर जोडेर नवलपारासी बनाइएको ऐतिहासिक तथ्य भेटिन्छ । तिनै आदिवासी वेदव्यासद्वारा रचित वैदिक साहित्यहरूमा चार वेद, १८ पुराण, १०८ भन्दा बढी उपनिषद्, महाभारतलगायत थुप्रै असंख्य मुल्यवान ग्रन्थहरू मानव सिर्जनाको सर्वोत्कृष्ट कालजयी रचना बनेका छन् । ऋृग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदको रचनापछि १८ पुराणहरू रचना गरेको मानिन्छ । भौतिक आकारमा हेर्दा यो पुराण १२ स्कन्ध, ३३५ अध्याय र करिव १८००० श्लोक निहित रहेको छ । युरोपियन भाषामा सबैभन्दा पहिला अनुवाद हुने पुराणमा यो भागवत पुराण पर्दछ । जुन स्तुत्य कार्य सन् १७८८ मा भएको ‘विकिपिडिया’को तथ्य छ ।
प्राचीन संस्कृत भाषामा लिखित यो ग्रन्थ भयावह कलियुगमा शान्ति प्राप्त गर्ने एक अनुपम वैदिक ग्रन्थ मानिन्छ । भागवत लीलामा आफूलाई लिन गराउँदैं ईश्वरप्रतिको भक्ति र प्रेम जगाउन यसले अहं भूमिका खेल्न सक्ने सामथ्र्य राख्छ । कथात्मक शैलीमा लेखिएको यो ग्रन्थ सर्वसाधारणलाई सहजै वोधगम्य नहुनु स्वभाभिक हो । भ= भक्ति, ग= ज्ञान, व= वैराग्य र त= तरणीको सुन्दर संयोगमा श्रीमद्भागवत ज्ञानअमृत सजिएको छ । ईश्वर एक मात्र हो । जगतको उत्पत्ति, स्थिति र विनासको हेतु तथा आध्यात्मिक, आधीदैविक र आधि भौतिक (त्रयताप) तिनै किसिमका तापहरूलाई नाश गर्न सच्चिदानन्दस्वरुप भगवान श्रीकृष्णको शरणमा जानु मानवको लागि परमआनन्द प्राप्त गर्नु हो । जीवनको तत्व ज्ञान प्राप्त गर्ने कलियुगको सरल मार्ग र साधना उल्लेख गरिएको सो ग्रन्थमा देवर्षि नारदको भक्तिसँगको भेटबाट पहिलो अध्याय प्रारम्भ भई कलियुगको धर्म, चार प्रकारका महाप्रलय र श्रीशुकदेवको अन्तिम उपदेश समाहित बाह्रौं अध्यायसम्म यो पुराण तन्किएको छ ।
यो पुराणमा उल्लेखित समय गणनालाई ‘नासा’ले समेत खगोल अनुसन्धानमा प्रयोग गरेको छ । जसअनुसार सत्य युगमा ४,८ loak215-manmed-300x22500 दिव्य वर्ष, त्रेतामा ३६०० द्वापरमा २४००० र कलिमा १२०० दिव्य वर्ष हुन्छ । मानिसहरूको एक वर्ष देवताहरूको एक दिन हुन्छ र यसरी हेर्दा देवताहरूको एक वर्ष मानिसहरूको ३६० वर्ष हुन्छ । यसप्रकारले कलियुगको अवधि ४,३२,००० हुन आउँछ ।
यो पुराणको सातौं स्कन्धको ५ औं अध्याय अन्तर्गत २३ औं श्लोकमा भनिए अनुसार तत्व ज्ञान प्राप्त गरि मुक्तिका लागि नौ वटा भक्तिका स्वरुप देखाइएका छन् ।

भाग्यको मालिक बनाउने भागवतका दुर्लभ सूत्रहरू Reviewed by a on 11:13 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.