Top Ad unit 728 × 90

a
Ad Inside Post

शनिदेवको दृष्टि पर्ने ७ वस्तु शनिबार कहिले खरिद तथा विक्री नगरौं

मंसिर १८, काठमाडौं । शनिवार बिदाको दिन हो । यस दिन प्रायः सबै विदा बस्ने भएकोले अधिकांशले यस दिनमा विभिन्न किसिमका सामानहरूको किनबेच गर्ने गर्छन् । तर, के तपाईँलाई थाहा छ ? शनिबार ‘शनिदेव’ को दिन हो ।  यो दिनमा निश्चित वस्तुको खरीदबिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर–परिवारमा अशुभ हुने शनि चालिसामा उल्लेख गरिएको छ ।
फलामको वस्तु
शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ । त्यसैले यस दिनमा झुक्किएर पनि फलामको सामान खरीदबिक्रि गर्नुहुँदैन ।
तेलः
शनिवारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ । यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस् किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ । तर, शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ ।
नुनः
घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस् । यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ ।
कैँचीः
कैँचीको काम भनेकै कि काट्ने हो । त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ ।
कालो तिलः
शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनु होला । र यो दिन कालो तिल दान गर्नु पनि शुभ मानिन्छ । तर, बिर्सिएर पनि शनिवार कालो तिल किन्ने अथवा बेच्ने भूल नगर्नुहोस् । यस्तो गरेमा तपाईँले गर्न लाग्नुभएको कुनै शुभ काममा बाधाअड्चन आइपर्ने सम्भावना बढ्दछ ।
कालो रङ्गको जत्ता–चप्पलः
कालो रङ्गलाई शनिदेवको प्रतिक मानिन्छ । त्यसैले शनिदेवको पूजा तथा आरधना गर्दा कालो रङ्गको वस्त्र अथवा कुनै सामान चढाउनु लाभदायी मानिन्छ । तर यो दिन तपाईँको कालो रङ्गको जुत्ता अथवा चप्पल किन्नुभएमा तपाईँले आफूले गरेको कामबाट असफलता मिल्ने विश्वास गरिन्छ ।
विद्यासाधनः
पढाइलेखाइ सम्बन्धी जुनकुनै सामानहरू कापी, कलम, पेन, मसी, किताब, झोला, इरेजर, कटरजस्ता वस्तुहरु शनिवारको दिन नकिन्नुहोला र आफ्ना बालबच्चालाई पनि यो दिन कापी÷कलम किन्न नलगाउनुहोला । यस्ता सामान किन्ने सबैभन्दा शुभदिन भनेको बिहिबारको दिन हो ।

शनिदेवको दृष्टि पर्ने ७ वस्तु शनिबार कहिले खरिद तथा विक्री नगरौं Reviewed by a on 1:37 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.