Top Ad unit 728 × 90

a
Ad Inside Post

वनका छोरी पढाइमा अब्बल,एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित

बिहीवार त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा नवलपरासीका एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित भएका छन् । नवलपरासीको अरुणखोलाका गुराँस वन, गंगा वन, जमुना वन र सरु वन दीक्षित भएका हुन् ।
गुराँस र गंगा मेजर अंग्रेजीमा, जमुना ग्रामीण विकास र सरुले पत्रकारिता र आमसंचारमा स्नातक गरेका छन् । उनीहरु सवै अहिले स्नातकोत्तर तहमा अध्ययनरत छन् । गुराँस ह्याप्पी लाइफ एजुकेशनमार्फत देशव्यापी शैक्षिक अभियानमा जुटेकी छन् ।
त्यसैगरी गंगा अमेरिकामा गएर स्वयम्सेवा गरेवापत उत्कृष्ठ भइ अमेरिकी राष्ट्रपति बाराक ओबामाबाटसमेत पुरस्कार ग्रहण गरिसकेकी छन् । त्यस्तै जमुना स्वदेशमै बसेर केही गर्न सकिन्छ भनी युवा जागरणका काममा सक्रिय छिन् । सरु आमसंचार र पत्रकारिता अध्ययन गरेपनि सांगीतिक क्षेत्रमा लागेकी छन् । गंगा र जमुना भने जुम्ल्याहा हुन् । परिवारमा छोरी मात्र भएपनि उनीहरुको प्रगति देखेर उनको परिवार अहिले दंग छ । भन्छन्‘छोराछोरी दुवै बराबरी’ । त्यस्तै छोरीहरु भन्छन् ‘परिवारको प्रेरणाले हामीहरु यहाँसम्म आइपुगेका हौं।’

वनका छोरी पढाइमा अब्बल,एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित Reviewed by a on 9:13 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.