पत्रकार प्रेस काउन्सिल सदस्य नियुक्त भएपछि पत्रकारले नै लेखे,‘स्वर्गमा बास होस् ’
काठमाडौं, १५ पुस । हाम्रो समाजमा एउटा मान्यता व्याप्त छ– त्यो हो सफलता वा जन्म दिनमा बधाइ र मृत्युमा श्रद्धाञ्जली । फेसबुकमा भित्ताहरुमा हरेक दिन जन्मदिनको शुभकामनाले भरिएका हुन्छन् । कसैले सफलता पाए भने बधाइ पाउनेहरु पनि ओइरिन्छन् यही फेसबुकमा । दूर्भाग्यबस कसैको मृत्यु भएमा श्रद्धाञ्जली दिइने चलन छ ।
तर, नेपालको नम्बर एक पत्रिकामा संसदीय रिपोर्टिङ गर्ने एक पत्रकारले पत्रकारकै सफलतामा ‘श्रद्धाञ्जली’ दिएका छन् । विहीबार प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएपछि नेपाल पत्रकार महासंघकी सचिव संगीता खड्का र नवलकिशोर यादवलाई पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले बधाइ दिए । सोही स्ट्याटसमा देशकै सबैभन्दा ठूलो पत्रिकामा संसदीय बिटमा काम गर्ने पत्रकारको कमेन्ट छ, ‘रिप’ अर्थात श्रद्धाञ्जली वा मृतात्माको चीर शान्तिको कामना ।
उनले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएपछि पत्रकारहरुबीच नै बहसको विषय बनेको छ । संसदीय पत्रकार संघका अध्यक्ष समेत भइसकेका राजेन्द्र फूयाँलको यस्तो प्रतिक्रिया देखिएपछि कतिपयले फेसबुकमा स्क्रीन सर्ट गरेर राखेका छन् । फूयालले कुनै समय रत्नराज्य क्याम्पसबाट स्ववियुको उपसभापतिमा समेत चुनाव जितेका थिए ।
मन्त्रिपरिषदको बैठकले खड्का र यादवलाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।
Reviewed by a
on
12:15 AM
Rating:
No comments: