Top Ad unit 728 × 90

a
Ad Inside Post

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

उदयपुर-बाउ–आमाको आपसी झगडाका कारण सन्तानले कति दुःख पाउनुपर्छ भन्ने उदाहरण यहाँको एक घट्नाले देखाएको छ। दुई साताअघि पतिको कुटाईबाट बेहोस भएकी जिल्लाको भलायडाँडाँ गाविस–३ की सरिता मोतेको अहिलेसम्म होस् खुलेको छैन। उनका पति प्रहरी नियन्त्रणमा छन्। आमा–बुबाको सहारा नपाएपछि तीनजना सन्तानको बिचल्ली भएको छ।
पुस १ गते बिहान पतिको कुटाईबाट गम्भीर घाईते भएकी २३ वर्षीया सरिताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भईरहेको छ। उनको होस अझै खुलेको छैन। पत्नीलाई बेहोस हुनेगरी कुटेर भागेका २६ बर्षीय जीवन मोते तीन दिनअघि पक्राउ परेर प्रहरी हिरासतमा छन्।
बा–आमा दुबै नभएपछि ४ महिनाका एक शिसुसहित ३ नाबालकको रेखदेख गर्ने कोही नहुँदा बिचल्ली भएको छ। जीवन र सरिताका ४ महिनाको छोरी २ वर्ष र ४ वर्षका छोरा छन्।
ससुरा होमबहादुर मोते भन्छन् ‘बुहारी कुर्न अस्पताल बस्ने कि, नातिनातिना हेर्ने, निकै आपत पर्यो,’
जाडो याम, झुप्रो घर, अभिभावक कोही नहुँदा साना नानीहरुलाई निकै गाह्रो भएको होमबहादुरले बताए।
दाउराले टाउकोमा हानेर पत्नी गम्भीर घाइते भएकी र उनको उपचार भैरहेको े जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानामगरले बताए।

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली Reviewed by a on 2:32 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.