Top Ad unit 728 × 90

a
Ad Inside Post

डोलेश्वर महादेव एक परिचय :: जानकरिको लागि पूरा पढ्न होला

पुस ४, आनन्द अमृत, काठमाडौं । केदारनाथको शीर मानिएको डोलेश्वर महादेव आफ्नै महिमा र महत्व छ । डोलेश्वर महादेव विशाल कालो पत्थरको ठूलो शिवलिङ्ग रहेको छ । उक्त शिवलिङ्ग साढेंको टाउको (शिर) झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ । भक्तपुर सहरबाट दक्षिण–पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको यस महादेव मन्दिरलाई केदारनाथको शिर पनि भनिन्छ्र । आरध्यदेव भगवान महादेव यस स्थानमा पुग्ने वित्तिकै मनमा आनन्दको अनुभुति भई प्रफुल्लित भएर आउने गरेको छ ।
चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ । सुन्दर शिवलिङ्गको बायाँतर्फ त्रिशूल, डमरू र पित्तलको बञ्चरो गाडिएको छ । मन्दिरको पश्चिम मूलद्वारको दुवैतिर ठूला कलश राखिएका छन् । मन्दिरको चारैतिर ३÷४ का द्वारहरू रहेका छन् र उत्तरतर्फको द्वार अगाडि जल बगिरहने हुनाले सधैँ बन्द रहने गरेको छ । ९० सालको भूकम्पमा तीन तल्ले झिँगटीको छाना भएको मन्दिर भत्किएपछि सोही ठाउँमा गुम्बज आकारको छाना भएको भुइँतले मन्दिर बनेको हो जसको शीर्ष भागमा पित्तलको गजुर र पहेँलो कपडाको पताका फहराई रहेको देख्न सकिन्छ ।
मन्दिरको छाना वरिपरिको पहेँलो चँदुवाको तल हरियो रङको फेर (बोर्डर) रहेको छ । मन्दिरको छानाको चार कुनामा त्रिशूल रहेका छन् भने मन्दिरको दायाँ ठूलो घन्टा र बायाँपट्टी सानो घन्टा रहेका छन् । मन्दिरको दाहिनेतर्फ अर्थात दक्षिणतर्फ एकसय बीस (१२०) धार्नीको पत्थरको त्रिशूल गाडिएको छ जसमा ८४९ नेपाल संवत् कुँदिएको छ । मन्दिरको पश्चिमतर्फको मूलद्वारको अगाडिको प्राङ्गणमा शिलाको बसाहा (नन्दी)को मूर्ति स्थापित छ । मन्दिरको दक्षिणपूर्व कुनो अर्थात शिलाको त्रिशूल अगाडि दीप प्रज्जवलनका लागि वरिपरि दियोको स्थान रहेको छ भने रङ्गीचङ्गी टायल लगाइएको बिमलादेवीको सानो चिटिक्क परेको मन्दिर छ ।
मूल मन्दिरको दक्षिण पश्चिम कुनोमा रहेको अर्को सानो मन्दिरमा पहिले नारायणको मूर्ति रहेकोमा २०३४ सालमा चोरी भएपछि हाल शिवलिङ्ग स्थापना गरिएको छ । मन्दिरको बायाँ अर्थात् उत्तरतर्फ अविरल जल प्रवाह भइरहने ढुङ्गेधारा छ भने दायाँतर्फ भजन कीर्तनका लागि पक्की सत्तल र अग्निकुण्ड छ । मूल पुजारी जङ्गम थरका मानिसहरूले सम्भवतः मल्ल राजाहरूको पालादेखिनै पूजाआजा गर्दै आएको बताइन्छ । अरू ढोका विशेष दिनमा मात्रै खोलिन्छ भने पश्चिमको मूलढोका सधैँ खोलिन्छ । मूल ढोकाको रूपमा प्रयोग भए पनि चारै ढोकाको चौकोसको आकार भने अलगभग एकैनासको छ । वर्षको ३ पटक वैशाखरजेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजन आफँैले मन्दिरभित्र शिवलिङ्ग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने चलन छ । अरू बेला भक्तहरूको फूलमाला पूजा सामान र भेटी आदि पुजारीहरूद्वारा मात्र चढाउने व्यवस्था छ ।
यदी हिन्दु धर्मालम्वली पर्यटकहरु चाँगुनारायण, डोलेश्वर वा अनन्तलिंगेश्वर नपुगेसम्म पर्यटकको नेपाल भ्रमण पूरा नहुने भन्दै धार्मिक पर्यटनको विस्तारका लागि सरकारले योजना अगाडि बढाइरहेको बताउनु भयो । साउन तथा पुस महिनामा यस मन्दिरमा भक्तजनहरुको विशेष भिड लाग्ने गर्दछ । केदारनाशको शीर भएको पुष्टि भएपछि भक्तपुरको डोलेश्वर महादेव मन्दिरको दर्शन गर्ने दर्शनार्थीको संख्या पनि दिनानुदिन बढ्दो छ ।
२०७२ को १२ वैशाख र २९ वैशाखमा गएको भूकम्पका कारण भत्किएको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरको पुनःनिर्माण सुरु हुने भएको छ । लिच्छविकालमा प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिर १८९० सालको भूकम्पले चर्किएको र १९९० सालको महाभूकम्पले भत्काएपछि २००६ सालमा गुम्बज शैलीमा पुनःनिर्माण भएको थियो ।
‘केदारनाथको शिर’ डोलेश्वर मन्दिर परिसरमा रहेको शिलालेखअनुसार भूपतीन्द्र मल्लले पुनःनिर्माण गराएको मन्दिर यस वर्षको भूकम्पले पूर्ण रूपमा भत्काए थियो ।
पछि सोमबारदेखि पुनःनिर्माण हुने भएको हो । ४ करोड ५० लाखको लागतमा मन्दिर पुनःनिर्माण हुन लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका प्रथम उपाध्यक्ष किरण थापाले जानकारी दिए । लिच्छविकालमा बनेको जस्तै प्यागोडा शैलीमा आगामी दुई वर्ष्भित्र दुईतले मन्दिर बन्ने बताइएको छ ।

डोलेश्वर महादेव एक परिचय :: जानकरिको लागि पूरा पढ्न होला Reviewed by a on 3:33 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.