अरु बाहुन, क्षेत्री नेता र प्रचण्ड पनि उस्तै हुन् भन्दा मप्रति घोर अन्याय हुन्छ : प्रधानमन्त्री
काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलूक भएकाले सबैको पहिचान र अधिकार स्थापित गरेमात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।
तमु ल्होसारको अवसमरमा शुक्रबार काठमाडौको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलूक भएको भन्दै यस्तो विविधता विश्वमा कमै पाइँने बताए ।
उनले भने
–हाम्रा संस्कार, संस्कृति राष्ट्रिय पहिचान र पूँजी हुन् । कसैको अपनत्व र अस्तित्वलाई कमजोर पारेर राष्ट्रिय एकता बलियो हुँदैन, झन् कमजोर हुन्छ । सबैलाई पहिचान र अधिकार दिएर मात्र राष्ट्रिय एकता बलियो हुन्छ ।
आफू निरन्तर राष्ट्रिय एकता र पहिचानको पक्षमा रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले पहिचान र अधिकारका पक्षमा आफ्नै नेतृत्वमा त्यति ठूलो राजनीतिक सङ्घर्ष भएको बताए । उनले भने
–जनयुद्धकै बलमा अघिल्लो कार्यकालमा मधेशी समुदायबाट राष्ट्रपति निर्वाचित हुनु
भयो । अहिले जनयुद्धको योगदान र मेरै प्रयत्नमा राष्ट्रपति महिला हुनुहुन्छ । म प्रधानमन्त्री हुँदा न्यायाधीशमा नियुक्त महिला नै प्रधानन्यायाधीश हुनुहुन्छ । सभामूख पनि महिला र जनजाति हुनुहुन्छ । मधेशी समुदायबाट उपसभामूख हुनुहुन्छ ।
यो सबै जनयुद्ध र माओवादी आन्दोलनकै देन भएको प्रधानमन्त्रीको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले भने,
–म सधैं सबै जाति, भाषा, धर्म र लिङ्गको एकता र अधिकारको पक्षमा छु । गुरुङ जातिकै मान्छे प्रधानमन्त्री हुने दिन पक्कै आउनेछ । त्यसैले म भन्छु, अरु बाहुन, क्षेत्री नेता र प्रचण्ड पनि उस्तै हुन् भन्दा मप्रति घोर अन्याय हुन्छ । म कहिल्यै शोषण र जातीय अहंकारको पक्षमा छैन ।
कार्यक्रममा नेताहरु गोपालमान श्रेष्ठ, देवप्रसाद गुरुङ, राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो भने गुरुङ जातिका विभिन्न समाजले आ–आफ्नो मौलिक झाँकीसहितका सांस्कृतिक प्रस्तुतिहरु गरेका थिए ।
Reviewed by a
on
2:59 PM
Rating:
No comments: