Top Ad unit 728 × 90

a
Ad Inside Post

जन्डिस बिरामीले के खाने के नखाने ?

आयुर्वेद चिकित्सकहरूले कमलपित्त या जन्डिस कलेजोसम्बन्धी रोग रहेको बताउँछन् । खाना पचाउन सहयोग गर्ने कलेजोमा प्रदूषित खानपान, फोहोर पानी र अत्याधिक मद्यपानले असर गर्छ । जन्डिसलाई समयमा नै नियन्त्रण गर्न नसकिएमा स्वास्थ्यमा गम्भीर असर पुगाउँछ । कतिपयको मृत्यु पनि हुने गरेको छ । जन्डिस हुँदा यसको उपचार भनेको खानपानमा ध्यान दिने र आराम नै महत्वपूर्ण कुरा हो । जन्डिसमा खान हुन्छ १ सब्जीहरू : रायोको साग, काउली, बन्दा, फर्सीको मुन्टा, सिमी, तितेकरेला, लौका, स्कुस, आलु, च्याउ, फर्सी (हरियो र पाकेको) चम्सुर, पालुंगो, मेथीको साग, सिधेनुन जिरा हालेर उसिनेको तरकारी खान हुन्छ । जिउ चिलाउन थालेमा भने नुन नखानु राम्रो हुन्छ । २. फलफूलहरू : स्याउ, सुन्तला, नासपती, कलिला काँक्राहरू, उखु, मेवा, नरिवलको पानी, खरबुजा, तरबुजा, गाँजर, मुला, प्रशस्त खाने । ३. मसलाहरू : सिधेनुन, जिरा, धनिया, अदुवा, लसुन, प्याज, बेसार, जन्डिस कम हुँदै गएको अवस्थामा मात्र थोरै खान सकिन्छ । ४. पेयपदार्थहरू : पानी, ग्लुकोज पानी, मिश्री पानी प्रशस्त मात्रामा खाने उखु मौसम सुन्तला आदिको जुस खाने ५. रहरको दाल, मुँगको दाल, पाउरोटी –क्रिम नभएको, बिस्कुट, दूध डेरीको मात्र ६. जन्डिस भएको अवस्थामा जतिसक्यो आराम गर्नुपर्छ । ७. रोग लाग्नेबित्तिकै आयुर्वेद चिकित्सकको सल्लाह लिनुपर्छ । खान नहुने कुराहरू १. सब्जीहरू : तोरीको साग, सुपको साग २. फलफूलहरू : आँप, केरा, अंगुर, लिची, अनार, अम्बा ३. मसलाहरू : चिल्लो पदार्थहरू, खुर्सानी, काजु, बदाम, छोकडा, तिल, ४. पेय पदार्थहरू : दही, मोही, फ्रिजमा राखेको कोक फेन्टा पेप्सीलगायतका चिसो पेय तथा चिया, कफी तथा अत्कोहलजन्य पेय पदार्थ चाउचाउ, केक, पप, मिठाईहरू, भटमास, चना, बोडी, अन्डा, माछा मासु, चिल्लो पिरो अमिलो मासको दाल, मसुरो विपरीतलिंगीसँग नसुत्ने अर्थात् एक्लै सुत्ने । जन्डिस हुँदा ज्वरो आएमा सिटामोल खानुहुँदैन ।

जन्डिस बिरामीले के खाने के नखाने ? Reviewed by a on 6:35 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.