Top Ad unit 728 × 90

a
Ad Inside Post

एउटा यस्तो मन्दिर जहाँ संकट आउनुपूर्व कुण्डको पानी कालो हुन्छ

एजेन्सी, संसारमा धेरै प्रकारको चमत्कारी मन्दिरहरुको बारेमा सुन्ने गरिएको छ। यस्तै काश्मीरको गान्दरबल जिल्लाको तुलमुला गाउँमा एउटा देवीको मन्दिर रहेको छ। खीर भवानी नाम गरेको मन्दिर कश्मीरीको पन्डितहरुको आस्थाको केन्द्र हो।
यो गाउँमा रहेको मन्दिर पानी माथि रहेको छ। यो श्री नगरदेखि करीब २७ किलोमिटर पूर्वी दिशामा रहेको छ। खीर भवानीको पूजा लगभग सबै काश्मीर हिन्दू तथा अरु पनि धेरै गैर काश्मीर मन्दिरहरुमा गर्ने गरिन्छ।
परम्परादेखि चल्दै आएको यो मन्दिरमा वसन्त ऋतुदेखि पूजाआजाको काम सुरु हुने गर्दछ। त्यही वसन्त ऋतुमा यो भवानीलाई खीर चढाउने चलन रहेकाले यो मन्दिरको देवीलाई खीर भवानी मन्दिर भनेर चिनिन्छ।
Image
यो मन्दिरमा एक षटकोणीय झरना समेत रहेको छ जसले देवीको प्रतिविम्बित गर्ने गर्दछ। बताइए अनुसार हिन्दूको आदर्ष पुरुष रामले आफ्नो निर्वासन/वनबास जीवन यही मन्दिरमा बिताएका दिए। उनले यही देवीलाई दैनिक पूजा अर्चना गर्ने गर्दथे।
वनबासको अन्तिम समयमा उनले गभवान हनुमानलाई देवीको मूर्तिलाई स्थानान्तरण गर्न भनेपछि यो गाउँमा सारिएको थियो। अहिले यो मन्दिर यही स्थानमा रही आएको छ।
यो मन्दिरको खास विशेषता भनेको देशमा ठूलो विपत्ती आउन लाग्दा यहाँको पानी पूरै कालो हुने गर्दछ। यहाँ पानीको रंगको कुनै पनि मुल्यांकन हुँदैन। यदि पानीको रंग कालो हुनु भनेको काश्मीरको लागि खतराको संकेत भन्ने बुझिन्छ।
जुन साल यो पोखरीको पानी कालो रंगमा परिणत हुन्छ त्यो वर्ष यो ठाउँमा धेरै खतरा वा संकट आइपर्छ भन्ने जनविश्वास रहिआएको छ।
यही कारण याँका श्रद्धालु भक्तजनहरु पवित्र मन्दिरमा पवित्र दूध र खीर चढाउने गरेका छन्। मन्दिरको तलबाट झर्ने झरनाको रंगले देवीको झझल्को दिने गर्दछ। काश्मीरमा संकट आउनु पहिले धेरै पटक यहाँको पोखरीको रंग कालो भइसकेको छ।
सन् २०१४मा काश्मीरमा बाढी आएको बेला यहाँको पोखरीमा रहेको पानीको रंग कालो भएको थियो। त्यही बेला मन्दिरका सबै पण्डित र पूजारीले संकेत पाइसकेका थिए की अब काश्मीरमा भयंकर विनाश र संकट आउँदैछ। उनीहरुले त्यही बेला उनीहरु सुरक्षित स्थानमा गएर बसेका थिए।
यो मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको ज्येष्ठ अष्टमीमा ठूलो मेला समेत लाग्ने गर्दछ।तर यो पवित्र मन्दिरमा प्रत्येक वर्ष भक्तजनको भीड रहेको हुन्छ।

एउटा यस्तो मन्दिर जहाँ संकट आउनुपूर्व कुण्डको पानी कालो हुन्छ Reviewed by a on 2:46 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.