Top Ad unit 728 × 90

a
Ad Inside Post

‘दंगल’बाट आमिरले व्यक्तिगत कमाए २४० करोड

आमिर खानलाई ‘दंगल’ को सफलतामाथि यति विश्वास थियो कि उनले बिना पारिश्रमिक काम गर्न राजी भए । चलचित्रको मुनाफामा उनको ८० प्रतिशत हिस्सा हुने बताइएको छ । कुनै अन्य हिरो भएका भए ठूलो रकम लिएर हिँड्ने थिए उनीहरूलाई चलचित्रको सफलता र असफलतासँगै कुनै मतलब नै हुने थिएन । 
के हुने थियो । यदि ‘दंगल’ असफल भएको भए ? आमिरलाई केही पनि हात लाग्ने थिएन । तर, यी पर्फेक्सनिस्ट खानले चलचित्र उद्योगमा यति लामो समय त्यतिकै बिताएनन् । उनलाई धेरै अनुभव छ । र, चलचित्रको चयनमा उनीसँग कोही प्रतिस्पर्धी छैन । ‘दंगल’ को सफलतालाई उनले पहिले नै अनुमान गरिसकेका थिए ।
चलचित्र प्रचार र प्रिन्ट्ससहितलाई ७० करोड पर्यो । संगीत, स्याटेलाइट र अन्य अधिकारको सट्टा १०५ करोड रुपैयाँ चलचित्र रिलिज हुनुभन्दा अगाडि नै प्राप्त भयो । यदि चलचित्र ४०० करोडसम्म नपुगेको भए पनि लाइफ टाइम बिजनेस भारतबाट ३९० करोड रुपैयाँ हुन्थ्यो । 
यसमा १९५ करोड रुपैयाँ निर्माताको खातामा जान्थ्यो । यसको असी प्रतिशत अर्थात १५६ करोड रुपैयाँ आमिरले पाउँथे । चलचित्रको अधिकार बिक्रीबाट कुल १०५ करोड प्राप्त भयो । जसमा ८० प्रतिशत ८४ करोड रुपैयाँ आमिरको भयो । यसरी आमिरले एकै ‘सट’ (चलचित्र) मा २४० करोड कमाए । 
एकै झट्कामा आमिरले यति रकम लिएर हिँडेकी जुन रकम अन्य स्टारलाई केही चलचित्रमा काम गर्दासमेत पाउन गाह्रो हुन्छ ।
‘दंगल’बाट आमिरले व्यक्तिगत कमाए २४० करोड Reviewed by a on 8:27 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.