Top Ad unit 728 × 90

a
Ad Inside Post

कालो तिल क्यान्सरमा अचूक


जाडो मौसममा मानिसहरु शरीरलाई न्यानो खानेकुरामा बढी जोड गर्छन्।खास गरी तिललाई लड्डु, हलुवा, बर्फी तथा चामलमा मिसाएर खाने गर्दछन्। तीमध्ये बहुउपयोगी चीज हो, कालो तिल। माघे संक्रान्ति पर्वमा नेपालीहरु तिलको सेवन गर्ने गर्दछन्। यसको सेवनले शरीरलाई सक्रिय बनाउनका साथै जाडो मौसममा ऊर्जा दिने रहेको अनुसन्धानले देखाएको छ।
कालो तिल खानुका फाइदाहरु
. तिलमा धेरै प्रकारका प्रोटिन, क्याल्सियम, फाइबर, भिटामिन डी, बी कम्प्लेक्स लगायत कार्बो हाइट्रेड तत्व प्रचुर मात्रामा पाइन्छ। तिलमा रहेको सेसमिन नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ। यसले क्यान्सरका कोषिकाहरुलाई बढ्नबाट रोक्ने गर्दछ। यही कारणले तिलको सेवनले मानिसलाई फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ल्यूकेमिया, प्रोटेस्ट क्यान्सर र ब्रेस्ट क्यान्सर हुनबाट जोगाउँछ।
२. यस्तै तिलको सेवनले हृदयघात, मुटुकको रोग, धमनीकलाकाठिन्य (atherosclerosis)को सम्भावना कम रहन्छ।यसलाई सख्खरसँग मिलाएर खाएमा रुखा निको हुन्छ।
. तीलमा मोनो-स्याचुरेड फ्याटी एसिड पाइन्छ जसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्ने गर्दछ। मुटु रोगीका लागि यो बहु उपयोगी हुने गर्दछ। साथै तिलमा नियासिन नामक भिटामिन रहेको हुन्छ जसले मानिसलाई तनाव, मानसिक दुर्बलतालाई हटाउने गर्दछ।
५. प्राचीन समयमा शरीरलाई सुन्दर राख्नछ र छालालाई चम्काइ राख्न तिलको तेल प्रयोग गरिन्थ्यो। किनकी यसमा भाइरस, एजिङग तथा ब्याक्टेरिया रहेको हुन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई रक्षा गर्ने काम गर्छ। यसकारण तिलको तेल पनि स्वास्थ्यका दृष्टिकोणले अति उत्तम मानिन्छ।
. तिललाई नियमित दूधमा सख्खर मिलाएर सेवन गरेमा सास फुल्ने समस्या निको हुनुका साथै छाला चाउरिने समस्या निको हुन्छ।
. बादाम, नरिवल, मेवा र पीपलको पातसँग मिलिएर नियमित तिलको सेवन गर्नाले शरीरमा पाचन शक्ति मजबुत हुने गर्छ।
. तिलको लडडु बनाएर बालबालिकालाई खान दिएर राति सपनामा पिसाब गर्ने रोगबाट मुक्त हुन्छ।
. तील,मेथी र बेसारसँग मिलाएर खाएमा आर्थराइटिसको समस्या देखिदैन।
१०. जाडो मौससमा तीलको तेल सेवन गर्नाले डायबिटीजका बिरामीलाई धेरै नै लाभकारी हुन्छ।
कालो तिल क्यान्सरमा अचूक Reviewed by a on 4:23 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.