Top Ad unit 728 × 90

a
Ad Inside Post

‘हामी थप मर्माहत भएका छौं’

फिल्म ‘६क्का पञ्जा’को फेसबुकमार्फत् पाइरेसी भएपछि आधिकारिक रुपमै शुक्रबार युट्युबबाट सार्वजनिक भयो। प्रहरीका अनुसार पाइरेसीको आरोप लागेका कृष्ण सुवेदीले बिहिबार साँझ आत्महत्या गरेको आशंकामा हाल उनको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा पोष्टमार्टमाका लागि राखिएको छ।
सुवेदीको आत्महत्याको खबरसँगै सामाजिक सञ्जालमा ‘६क्का पञ्जा’ फिल्म टोलीमाथि अभद्र किसिमका प्रतिक्रिया आएको भन्दै निर्माता तथा अभिनेता दीपकराज गिरीले फेसबुकमा स्टाटस लेखेका छन्।
उनको स्टाटस यस्तो छः
२०७० सालमा ‘छ एकान छ’ पाइरेसी भयो। उजुरी गरेँ, व्यक्ति समातियो पनि। कारवाही गर्नुपर्ने हो। तर, एउटा गरीब मजदुरी गरेर खाने परिवारको युवा परेछ। उसको आमालाई देखेर आफ्नै आँखामा आँशु आयो। प्रहरीलार्इ अनुरोध गरेर आइन्दा यस्तो नगर भनेर छाडिदियौँ।
यसपटक ६क्का पञ्जा पाइरेसीको आरोपमा कृष्ण सुवेदीसहित चार युवा समातिएका थिए।
अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल र मैले पाइरेसी गरे ता पनि पैसा कमाउने नियतमा पाइरेसी भएको नदेखिएकाले कारवाही नगरौं, उनीहरुको भविष्य बिग्रिन्छ भनेर सामान्य तारेखमा छोडियो। आइतबारदेखि कृष्णसहित चार जना त्यो तारेखबाट पनि मुक्त भइसकेका थिए।
सामाजिक सञ्जालमा बारम्बार युवाहरुलार्इ आग्रह पनि गरिरहेको हुन्छु, कृपया यस्ता सामग्री हात पर्दा नहेर्नु राम्रो। हेरे पनि सेयर वा ट्याग नगरौं। त्यसले तपाईंको पनि भविष्य बिग्रन सक्छ र साइबर अपराधको मुद्दामा पनि फस्न सकिन्छ भनेर। यो विषयमा पनि उदारता देखाएरै उनीहरुलार्इ मुद्दा नचलार्इ सम्झाएर छोडिएको हो। आफ्नै क्षति हुँदाहुँदै पनि हामीले हदैसम्मको नरम व्यवहार प्रस्तुत गरेका हौं।
अहिले केही व्यक्तिहरूले सामाजिक सञ्जालमा अत्यन्तै असंवेदनशील भर्इ ‘६क्का पन्जा’लार्इ नै यसको भागिदार भएको आरोप लगाइरहेछन्। त्यसले थप मर्माहत तुल्याएको छ। हामीलार्इ एकातिर फिल्मको पाइरेसी, अर्कातिर युवाको मृत्युको पीडा। त्यसमाथि यो असंवेदनशील आरोप।
खाएको विष मात्रै लाग्नुपर्ने हो। एकातिर मृतकको परिवार को पीडा सम्झेर दुखित छु। अर्कातिर यस्ता संवेदनाहिन आरोपले मर्माहत तुल्याएको छ।
मृत्यु हो, हत्या हो वा अरू नै कीहि कारण हो, प्रहरीले अनुशन्धान गरिरहेको छ, प्रहरीले पाइरेसी आरोपमा सफाइ दिइसकेपछि युवकको मृत्यु भएको हो। मृत्युको सही कारण के हो, पछि अनुसन्धानबाट खुल्ने नै छ।
अत: यो संवेदनशील र मुस्किलको समयमा मनदेखि भन्न चाहन्छु, हाम्रो एक प्रतिशत पनि गल्ति सावित भए हामी सजाय भोग्न तयार छौं। तर, मिथ्या आरोप लगाएर थप पीडा नदिन आग्रह गर्छौं।
हामीलाइ सहयोग, साथ र पीडामा पनि हौसला दिने लाखौँ साथीहरुलाई धन्यवाद भन्न चाहन्छौं ।

‘हामी थप मर्माहत भएका छौं’ Reviewed by a on 3:05 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.