‘डे' पार्किङ समस्याका कारण आकाशमै जहाज होल्ड
त्रिुवभन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएको छ । देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डे' पार्किङ समस्याका कारण अन्तर्राष्ट्रिय उडान भर्ने जहाजलाई थप स्लट (उडान र अवतरण समय) उपलब्ध गराउनै नसकिने अवस्था आएको विमानस्थलले जानकारी दिएको छ ।
विमानस्थलमा ‘डे' पार्किङ अभावकै कारण कतिपय अवस्थामा विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था आएको हो । विशेषगरि पिक आवरमा पार्किङ ‘वे' को अभावका कारण थप उडान स्लट उपलब्ध गराउन नसकिने भएपछि यसबाट स्वदेशी क्यारियरलाई पनि समस्या पर्ने भएको छ ।
अहिले भएकै उडानमा पनि ओभर लोड हुँदा नेपाली आकाशमा हुने एयर ट्राफिकले समस्या पर्ने गरेको विमानस्थल स्रोतको दाबी छ । त्यस्तो अवस्थामा विमानस्थलले मौसम खराबी भन्दै विमानस्थलको बचाउँ गर्दे आएको छ ।
अहिले त्रिभुवन विमास्थलमा २८ वटा जहाज कम्पनीले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । प्रतिकुल मौसमका कारण विमान आकाशमा होल्ड गर्नुपर्ने समयभन्दा बढी समय ‘डे' पाकिङ अभावमा विमान आकाशमा होल्ड गर्नुपर्ने अवस्था आएको छ ।
तर, सधैं यस्तो भने हुँदैन । प्रतिकुल मौसमले एउटा जहाजको उडान समयमा तलमाथि हुनासाथ २० देखि ३५ मिनेटसम्म जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था आएको नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज पार्किङ नौ वटा मात्रै छन् । त्यसमा पनि चार नम्बरको पार्किङ अहिले मर्मत हुँदै छ । जम्मा आठ वटामात्रै ‘डे' पार्किङबाट काम चलाउनुपर्ने अवस्था रहेको उनले बताए ।
बिहान र बेलुकाको समयमा भने समस्या छैन । तर, पिक समय बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकाको ८ बजेदेखि ११ बजेसम्म पर्ने गरेको उनले बताए । एक, दुई र तीन नम्बरका पार्किङस्थल वाइडबडी विमानका लागि राखिएको छ ।
त्यसबाहेक अन्य स्थानमा वाइडबढी विमान राख्नसक्ने अवस्था छैन । नेपालमा थाइ, सिल्क, कतार, ड्रागन, एयर एसिया, टर्किसलगायतका एयरलाइन्स कम्पनीले वाइडबडीबाट यात्रु ओसारपोसार गरिरहेका छन् । त्यसबाहेक कहिलेकाँही चार्टर गरेर आउने ठूला विमानले पनि पार्किङको समस्या ल्याउने गरेको उनले बताए ।
नयाँ अनुमतिमा समस्या
कार्यालयले अहिले भएको पार्किङका भरमा कुनै पनि एयरलाइन्सका नयाँ जहाजलाई उडान अनुमति दिनसक्ने अवस्था नरहेको उनले बताए । त्यसमा पनि पिक आवरमा उडान र अवतरणलाईसमेत अनुमति दिनसक्ने अवस्था छैन ।
दैनिक विमानस्थलमा हुने ७४ वटा अन्तर्राष्ट्रिय उडान र तीन सयभन्दा बढी आन्तरिक उडानको ३० प्रतिशत दिउँसोकै समयमै हुनेगर्छ । कहिलेकाही मौसम खराब नहुँदा पनि पार्किङ अभावकै कारण विमान आकाशमै होल्ड गराउनुपर्ने अवस्था आएको हो ।
दुई नयाँ ‘डे' पार्किङ बन्दै
विमानस्थलको एक नम्बर गेटको दक्षिणतर्फको खाली ठाउँमा अहिले दुई वर्षभित्र सम्पन्न हुने गरी दुई वटा ‘डे' पार्किङ निर्माण भइरहेको छ । निर्माणधिन पार्किङ सम्पन्न नहुँदासम्म नेपाल वायुसेवा निगमले १८ महिनाभित्र ल्याउने भनेका दुई वटा ३३० सिरिजका वाइडबडीलाईसमेत उडान सहमति दिनसक्ने अवस्था नरहेको प्रवक्ता ठाकुरले बताए ।
त्यतिमात्रै नभई आन्तरिक उडान भर्ने विमान कम्पनीले १७ वटा जहाज पार्किङ गर्ने ठाउँमा २० वटासम्म जहाज पार्किङ गरेको उनले बताए । आन्तरिक उडानका थप हुने विमानको रात्रीकालिन पार्किङका लागिसमेत पोखरा, विराटनगर र नेपालगञ्ज स्थान्तरण गर्नुपर्ने अवस्था आएको उनले बताए ।
नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेका दुई वटा जहाजका लागि पनि रातिको समयमा पार्किङ दिनसक्ने अवस्था नभएको र अन्यत्रै व्यवस्थापन गर्ने सुझाव दिइएको उनले बताए ।
नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेका दुई वटा जहाजका लागि पनि रातिको समयमा पार्किङ दिनसक्ने अवस्था नभएको र अन्यत्रै व्यवस्थापन गर्ने सुझाव दिइएको उनले बताए ।
हिमालयको नयाँ एयरबसलाई पार्किङ समस्या
हिमालय एयरलाइन्सको दोस्रो एयर बसलाई पनि पार्किङमा समस्या आउने भएको छ । एयरलाइनन्से अहिलेसम्म विमानस्थल अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई सूचना नदिई नयाँ उडान तालिकासमेत प्रकाशन गरेको छ ।
यसका विषयमा आगामी सोमबार छलफल हुने र त्यसपछि एयरलाइन्सलाई उडान सहमति दिने वा नदिने विषयमा निर्णय हुने ठाकुरले बताए । रातिको समयमा उडान भरेर दिनभर पार्किङ गर्नेगरी अनुमति दिनसक्ने अवस्था नरहेको उनले बताए । तर राति पार्किङ गरेर दिनभर उडान भर्ने अवस्थामा भने केही सोच्न सकिने उनले बताए ।
विमानस्थलको पाकिङ समस्याका कारण एयरलाइन्सले ल्याउने भनेको दोस्रो विमान आउने पनि अनिश्चत छ । एयरलाइन्सले जनवरी २० मा ल्याउने भनेको दोस्रो एयरबस आउने अनिश्चित बनेको छ ।
यसै विषयमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विमानस्थलको अवस्था, परिस्थिति र बाध्यताको विपरित नजाने बताए ।
यसै विषयमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विमानस्थलको अवस्था, परिस्थिति र बाध्यताको विपरित नजाने बताए ।
यसका लागि हामी नागरिक उड्डयन प्राधिकरणसँग छलफलबाट अगाडि बढ्ने छौं । तर, हिमालय एयरलाइन्सले यात्रुको सुविधालाई पहिलो प्राथमिकतामा राखेको बताएको छ ।
विमानस्थलको ढोका बन्द गरेर पर्यटक कसरी भित्र्याउने?
सरकारले एकातिर बढीभन्दा बढी पर्यटक भित्र्याएर देशको आर्थिक विकास गर्ने योजना ल्याएको छ भने त्यसका लागि पर्याप्त पूर्वाधार नहुँदा उक्त योजना अलपत्र बनेको छ । पर्यटक भित्र्याउन हवाई यातायात पूर्वाधार पहिलो सर्त भएको सरकारी अधिकारीदेखि पर्यटन व्यवासायी सबैले बताए पनि हालको अवस्थामा थप एयरलाइन्सलाई उडान अनुमति नै दिनसकिने अवस्था छैन । नयाँ पार्किङ नबन्दासम्म २० लाख पर्यटक ल्याउने सरकारी योजना पनि अलपत्र बन्नेछ ।
‘डे' पार्किङ समस्याका कारण आकाशमै जहाज होल्ड
Reviewed by a
on
6:52 PM
Rating:
Reviewed by a
on
6:52 PM
Rating:

No comments: