Top Ad unit 728 × 90

a
Ad Inside Post

घ्यूकुमारीको प्रयोगले अनेक फाइदा जनाकरी लिऔ !

रोगबाट टाँढा राख्न र सुन्दर छाला कसलाई चाहिदैँन र ! तर, जाडोको मौसम आउनासाथ छालाको मुलायमपना हराएर जान्छ । यस अवस्थामा खानपानमा सुधार गर्ने र आफ्नो दिनचर्यामा घ्यूकुमारीलाई समावेश गरी तपाई आफ्नो स्वास्थ्य सँग सम्बन्धित अनेक समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । घ्यूकुमारीमा भिटामिन ए, सी, ई, फलिक एसिड, बी–१, बी–२, बी–३, बी–६ र बी–१२ प्रचूर मात्रामा पाइन्छ । त्यतिमात्र नभई यसमा क्याल्शियम, म्यागनेशियम, जिन्क, क्रोमियम, सेलेनियम, सोडियम, आइरन र पोटाशियम जस्ता खनिज पदार्थ पनि पाइन्छ । यतिधेरै पोषक तत्व संम्भवतः अन्य कुनै फल र तरकारीमा पाईदैन ।
अब जानाँै घ्यूकुमारीले हाम्रो स्वास्थ्यमा के–के फाइदा पु¥याउँछ … खोकी हुदैँन जाडोमा रुघाखोकी चाँडै लाग्ने हुन्छ । यस्तो बेलामा घ्यूकुमारीको पातलाई भूटेर आधा चम्मच रस तातोपानीमा मिसाएर खानाले रुघाखोकी चाडै निको हुन्छ ।छालाको लागि फाइदा यदी तपाइको छाला जाडो मौसममा सुख्खा हुन्छ भने घ्यूकुमारीको जूस छालामा लगाउन सक्नुहुन्छ । यसले ड्राइनेस, दाग जस्ता समस्याबाट छुट्कारा पाउन सक्नु हुन्छ ।
कब्जियतमा राहत जाडोको मौसमा प्राय ः जसो मानिसमा कब्जियतको समस्या हुने गर्छ । यस्तो समस्या भएमा राति सुत्नु भन्दा पहिले घ्यूकुमारीको जूस पिउनाले पेटमा आराम हुन्छ र कब्जियतको समस्या पनि समाधान भएर जान्छ । कपाल कालो र मुलायम कपाल फुल्नु र ड्राई हुनु सामान्य कुरा हो । यदी कपालमा घ्यूकुमारीको जूस लगाउने हो भने कपाल कालो र मुलायम हुन्छ ।
तर, ध्यान राख्नुस् कपालमा घ्यूकुमारीको जूस १० दिनको अंन्तरालमा मात्र लगाउनु पर्छ । यदी कपाल जडैदेखि झर्छ भने घ्यूकुमारीकको जूस लगाउनाले त्यो समस्यापनि समाधान हुन्छ र कपाल पनि आउन थाल्छ । कोलेस्ट्रोल घटाउँछ कोलेस्ट्रोलको समस्या छ भने नियमित घ्यूकुमारीको जूस पिउनु राम्रो हुन्छ । घ्यूकुमारीले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रिण गर्नमा मद्दत गर्छ । घ्यूकुमारीमा बीटा सिस्टेरोल नामक तत्व पाइन्छ, जसले कोलेस्ट्रोलको मात्रा कम हुन्छ । टाइफाइड घ्यूकुमारी टाइफाइड जस्तो खतरनाक रोगलाई निको पार्नमा रामवाण औषधि हो । १५ ग्राम घ्यूकुमारीको रस बिहान बेलुका पिउनाले टाइफाइडमा राहत हुन्छ । तौल घटाउँछ १० ग्राम घ्यूकुमारीको रसमा मेथीको ताजा पातलाई पिँधेर मिसाउने र दैनिक खाने । यसो नियमित खानाले तौल तिव्र गतिमा घट्दै जान्छ । एजेन्सीको सहयोगमा

घ्यूकुमारीको प्रयोगले अनेक फाइदा जनाकरी लिऔ ! Reviewed by a on 6:27 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.