Top Ad unit 728 × 90

a
Ad Inside Post

घ्यू, चाकु, तरुल र तिलको लड्डुको पर्व माघेसंक्रान्ती

पुस २९, आनन्द अमृत, काठमाडौं । माघेसंक्रान्तीको महत्व आफैमा महत्वपूर्ण पर्व हो । यसको आफ्नै विशेषता छ । विशेष गरी सूर्य उत्तरायन हुने हुनाले पनि यस दिन देखि दिन लामो हुँदै जाने गर्मी शुरु हुने गर्छ । यस दिनदेखि शुभकार्य गर्न बाटो खुल्ने बताइएको छ । यसै दिन चितवनको देवघाट, नुवाकोटको देवीघाटलगायतका स्थानमा विशेष मेला लाग्ने गर्दछ ।
यस दिनदेखि घ्यू, तिलको लड्डु, चाकु, तरुल र मासको खिर्चो खाने चलन छ । यो पर्व हिन्दु तथा अन्य धर्मालम्बीहरुले विशेष रुपले मनाउने गर्दछन् । माघे संक्रान्तिमा यी परिकार छुटाउनै नहुने खुराक हुन् । त्यसमा पनि तरुल, सखरखण्ड त स्वास्थ्यबद्र्धधक कन्दमुल नै मानिन्छ ।
स्वास्थ्यलाई फाइदा गर्ने र जाडोमा तात्तातो खाँदा ज्यान पनि तात्ने भएकाले यो सिजनमा तरुलको खपत अत्यधिक हुन्छ । माघे संक्रान्तिलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न किसिमका तरुलको बिक्री बढेको छ ।
राजधानीको प्रमुख तरकारी बजार कालिमाटीमा पनि तरुलको व्यापार फस्टाएको छ । घर तरुल, वन तरुल, सिमल तरुल जस्ता विभिन्न प्रजातिका तरुलको चाङ लगाइएको छ । व्यापारीहरु भन्छन्, ‘स्वास्थ्यको लागि पोषिलो हुने तरुलको बजार पनि गर्माएको छ ।’

घ्यू, चाकु, तरुल र तिलको लड्डुको पर्व माघेसंक्रान्ती Reviewed by a on 1:37 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.