Top Ad unit 728 × 90

a
Ad Inside Post

आफूले चिताएको, मनोकामना पुरा हुने जस्तो जोडी मिलाइ दिने देवी बंगलामुखीको महत्व

जिवनशैली आफूले चिताएको, मनोकामना पुरा हुने जस्तो जोडी मिलाइ दिने देवी बंगलामुखीको महत्व
आफूले चिताएको, मनोकामना पुरा हुने जस्तो जोडी मिलाइ दिने देवी बंगलामुखीको महत्व
काठमाडौं । बंगलामुखी मन्दिर ललितपुर जिल्लाको महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी मन्दिर, कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ ।
बंगलामुखी मन्दिरमा विहीबारको दिन पूजा गर्न आउने भक्तजनहरूको ठूलो भीड लाग्छ । तन्त्रशास्त्रअनुसारका दस महाविद्यामध्ये बंगलामुखी पनि एक हुन् । बंगलामुखीको दर्शन गर्नाले मनोकामना पुरा हुने तथा आफूले चिताएको जस्तो जोडी मिलाइ दिने देवीको रुपमा बंगलामुखीलाई लिने गरिन्छ ।
बिहीबार विशेष भिड हुने यस मन्दिरको महत्व परापूर्व कालदेखि चल्दै आएको छ । बंगलामुखीको दर्शन गर्नाले हामीले चिताएको कुरा पुग्ने मनको इच्छा पुरा गर्नको लागि यस मन्दिरमा जाने गरिन्छ ।
उपत्यका लगायतका स्थानबाट यहाँ दर्शन गर्न आउँछन् र यस मन्दिर परिसरमा कुम्भेश्वर महादेवको मन्दिर पनि रहेको छ । बंगलामुखीमा बिहीबार विशेष पूजा भएपनि कुम्भेश्वरमा भने हरेक सोमबार तथा जनैपूर्णिमा, दशहरा, शिवरात्रीलगायतका बेला भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

आफूले चिताएको, मनोकामना पुरा हुने जस्तो जोडी मिलाइ दिने देवी बंगलामुखीको महत्व Reviewed by a on 7:05 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.