मोरङमा गोली प्रहार, एकजना घाइते
मोरङको कर्सिया गाविसको कर्सिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ । 
जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली–११ का बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । लघुवित्तको पैसा संकलन गर्न जाने क्रममा उहाँमाथि आक्रमण भएको हो । 
तिघ्रामा गोली लागेका उहाँको विराटनगर अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 
मोरङमा गोली प्रहार, एकजना घाइते
 
        Reviewed by a
        on 
        
1:35 AM
 
        Rating: 
      
 
        Reviewed by a
        on 
        
1:35 AM
 
        Rating: 

No comments: