Top Ad unit 728 × 90

a
Ad Inside Post

चार लाख बढीलाई रोजगारी दिने अर्थमन्त्री महराको महत्वकांक्षी योजना सार्वजनिक : पढ्नुहोस् पूर्ण पाठ

काठमाडौं, ५ माघ । अर्थमन्त्री कृष्णबहादुर महराले दशवटा आर्थिक क्षेत्रमा महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेका छन् ।
अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, अर्थमन्त्रालयले समयतालिका निर्माण गरेर अर्थमन्त्रालयका बिभिन्न निकायहरुलाई जिम्मेवारी विनियोजन गर्दै कार्ययोजना सार्वजनिक गरेको हो ।
मन्त्रालयले समष्टिगत् आर्थिक क्षेत्र, रोजगारी सिर्जना, पुनर्निर्माण, राजस्व प्रशासन, मौद्रिक र वित्तीय क्षेत्र, वैदेशिक सहायता र लगानी, बाह्य क्षेत्र, निजी क्षेत्र विकास, सार्वजनिक संस्थान, पूर्वाधार निर्माण, अन्तर मन्त्रालय तथा समन्वय तथा अनुगमनलगायतका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु तर्जुमा गरेको छ ।
कार्ययोजनामा “एक व्यक्ति, एक बैंक खाता” कार्यक्रम अन्तर्गत सबै नेपालीको खाता खोल्ने कार्यलाई अभियानको रूपमा अघि बढाइने, विप्रेषण पठाउने वैदेशिक रोजगारमा गएका व्यक्तिहरूको सामाजिक सुरक्षा स्कीम तयार गरी लागु गरिने, मेरो श्रम मेरो विप्रेषण मेरो देश निर्माणमा भन्ने नारामा आधारित भई कार्यान्वयन गरिने, छानिएका सार्वजनिक संस्थानहरूलाई निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गरिने, केही ठूला आयोजनाको निर्माण कार्य तुरुन्तै शुरु गरिने र केही सार्वजनिक संस्थानहरू सार्वजनिक निजी साझेदारीको अवधारणामा सञ्चालन गरिने उल्लेख छ ।
यसैगरी एक सहकारी मुख्य चिनारी को नारा द्धारा सहकारी स्थापित गरिने, एक इलाका एक नमूना योजना, एक इलाका एक व्यवसाय र एक परिवार एक रोजगार को नारालाई कार्यान्वयन गरिने, वार्षिक ४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा आउने भएकाले तिनका लागि उपयुक्त रोजगारीको सिर्जना गरिने, चालु आर्थिक वर्षमा ३४ हजार हेक्टर जमीनमा तरकारी खेती विस्तार भई १० हजार थप रोजगारी सिर्जना हुने, सरकारी, निजी र सहकारीको सहयोगमा “एक स्थानीय सरकार एक एकीकृत व्यवसाय” कार्यक्रम लागु गरी व्यावसायिक रोजगारी सिर्जना गरिने कार्ययोजनामा उल्लेख छ ।

चार लाख बढीलाई रोजगारी दिने अर्थमन्त्री महराको महत्वकांक्षी योजना सार्वजनिक : पढ्नुहोस् पूर्ण पाठ Reviewed by a on 6:07 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.