Top Ad unit 728 × 90

a
Ad Inside Post

दीपक राज गिरीले लेखे – यो मन बरु ढुङ्गा भए हुन्थ्यो

काठमाडौं, पुस २९ – छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेको खबरपछि छक्का पन्जा चलचित्रका निर्माता तथा कलाकार दीपक राज गिरी दुःखी भएका छन् ।
नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेको खबर आएको केहीबेरपछि उनले फेसबुकमा लेखे, ‘यो मन बरु ढुङ्गा भए हुन्थ्यो, सबैको भलो चाहने व्यक्ति नै सबैभन्दा बढी दुःखी हुन्छ ।’
काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले गएराति आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो ।
उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो ।
बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् ।

दीपक राज गिरीले लेखे – यो मन बरु ढुङ्गा भए हुन्थ्यो Reviewed by a on 3:11 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.