श्रीकृष्णको उपदेशनै भागवत गीता हो
ाठमाडौं । श्रीकृष्ण तपाई हाम्रा लागि नयाँ र नौलो नाम होइन । उनको लिला हामी सबैमाझ परिचित छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको हो कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी पर्व पर्छ । कंसले कारागारमा बन्दी बनाएको अवस्थामा देवकीबाट कृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि विष्णुको मोहित पार्ने शक्तिका कारण कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याउन आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण जन्माअष्टमीलको रात्रिलाई मोहरात्रि पनि भन्ने गरिन्छ ।
वासुदेव नन्दका घरमा गई कृष्णलाई त्यहीँ छाडी त्यही दिन जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए ।
युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो । यसैकारण गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै विचित्रलीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण भदौ महिना प्रेमोत्सव अर्थात् झुलोत्सवका रुपमा समेत मनाउने गरिन्छ । यो नै पूर्वीय जगतको प्रेम दिवस हो र प्रणय दिवसका नाममा नेपाल–भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो ।
मानव जातिलाई सुरक्षित राख्न धर्मको रक्षाका लागि धरतीमा अवतरित भएका श्रीकृष्णले नै पुतना, कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त गराई मानवलाई भयमुक्त बनाएका थिए ।
साभार आनन्दअमृत
Reviewed by a
on
2:48 PM
Rating:
No comments: