Top Ad unit 728 × 90

a
Ad Inside Post

बरफै बरफले बनेको अनौठो सहर (फोटो फिचर)


 प्राय हामीले काठले बनेका, सिमेन्ट र ढुंगामाटो लगायतले बनेका शहर देखेका छौ।तर चीनमा भने विश्‍वलाई चकित पार्ने बरफ नै बरफले बनेका सहर देख्‍न सकिन्छ। चीनको हार्विन एउटा यस्तो सहर हो जहाँ प्रत्येक वर्ष जनवरीमा 'आइस एण्ड स्नो फेस्टिबल' हुने गर्दछ। उक्त फेस्टिवलमा सहरहरु पुरै बरफले बनाइएका हुन्छन्।


यो फेस्टिबल करीब एक महिनासम्म लाग्‍ने भएकाले बरफले बनाइएका उक्त सहर हेर्न विश्‍व भरिका पर्यटक आउने गर्दछन्। हार्विनमा यो महिना माइनस १७ डिग्रीदेखि २२ डिग्री सेल्सियससम्म पुग्‍ने गर्दछ।


यहाँको मूख्य आकर्षणको केन्द्र 'ल्यान्टर्न शो' र 'गार्डेन पार्टी' हुन जहाँ बरफले बनेका विभिन्‍न आकृतिका घरहरु हेर्न पाइन्छ। यसका साथै यहाँका स्थानीयहरुले हिमनदीमा पौडी खेलेर मानिसहरुलाई मनोरन्जन प्रदान गर्ने गर्दछन्। यो पर्वले गिनिज अफ वर्ल्ड रेकर्डमा समेत विश्‍वकै सबैभन्दा लामो हिउँको सहर भनेर कायम गरेको छ। यो फेस्टिबलमा प्रतिदिन सय जना अवलोकन गर्ने गरेका छन् भने १० हजार मानिसले हेर्ने अपेक्षा गरिएको छ।


बरफै बरफले बनेको अनौठो सहर (फोटो फिचर) Reviewed by a on 5:09 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.