प्रिफ्याबको चार कोठे घर बनाउँदा कति लाग्छ खर्च?
दोस्रो विश्वयुद्वपछि बेलायतबाट सुरु प्रिफ्याब घर बनाउने प्रचलन नेपालमा पनि चल्न थालेको छ। एक ठाउँमा बनाइसकेको घर पुनः अर्को ठाउँमा पनि सार्न मिल्ने र भूकम्प प्रतिरोधात्मकसमेत भएकाले यसको चलन बढेको हो।
२०७२ साल वैशाख १२ को भूकम्पपछि प्रिफ्याबको घर बनाउने चलन अझ बढेको प्रिफ्याब घर निर्माण कम्पनी नेपालका म्यानेजर नारायण पौडेलले बताए। पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक हुने भएकाले प्रिफ्याको घर एवं विद्यालय बनाउन नेपालमा अति उपयुक्त हुने उनको भनाइ छ।
नेपालमा विभिन्न जलविद्युत आयोजनाको निर्माण स्थलबाट सामान्य तरिकाले प्रिफ्याब घर बनाउने चलन सुरु भएको व्यावसायीको भनाइ छ।
इँटा बालुवाको प्रयोगबाट बनाइनेभन्दा प्रिफ्याब घर एवं विद्यालय निर्माणमा लगानी समेत कम लाग्दछ। प्रिफ्याब घरका लागि निर्माण सामाग्री पहिले नै तयार रहने र पछि नट बोल्ट कँसेर ‘सेट’ गरिन्छ। पौडेल भन्छन् ‘न निर्माण सामाग्री जुटाउने चिन्ता, न त कुनै भूकम्पका कारण क्षतिको चिन्ता, त्यसकारण प्रिफ्याब घर बनाउन प्रेरित गर्नु जरुरी छ।’
पछिल्लो समय एक निश्चित ठाउँमा जग्गा केही वर्ष भाडामा लिई प्रिफ्याब घर बनाएर बस्नेहरु पनि बढेको व्यवसायीहरु बताउँछन्। कतिपयले पसल सञ्चालन गर्ने उद्देश्यले पनि प्रिफ्याबबाटै एउटा कोठा निर्माण गर्ने गरेको कम्पनीका इन्जिनियर दिनेश तिमल्सिनाको भनाई छ। यसका सामाग्रीहरु हलुका र मजबुत हुने उनी बताउँछन्।
‘घर निर्माण गर्दा वालको लागि कोटेट बोल्ट, सिमेन्ट बोर्ड, इपिसि कलर स्टिल, स्यान्डस्वच प्यानेल प्रयोग हन्छ’ उनले भने ‘फलोरिङका लागि सिमेन्ट टायल, सिमेन्ट बोर्ड तथा ढोकाको लागि आल्मुनियम, अथवा काठकै राख्न पनि मिल्छ।’
त्यस्तै झ्यालको लागि आल्मुनियम र सिसा प्रयोग हुने कम्पनीले जनाएको छ। यसरी बनाइने प्रिफ्याबको घरमा बस्दा चिसोको समयमा न्यानो हुने र गर्मीमा शितलता हुने कम्पनीको दाबी छ। यस्ता घरमा प्रयोग हुने स्टिलमा खिया लाग्ने सम्भावना समेत नरहेको इन्जिनियर तिमल्सिनाको भनाइ छ।
घरको आयु कम्तीमा ३० वर्षदेखि १ सय वर्षसम्म हुने उनले बताए। प्रिफ्याबको घर निर्माणका लागि सम्वन्धित गाविस, नगरपालिका वा महानगरपालिकाबाट स्वीकृति लिनु पर्ने हुन्छ।
आफूहरुले विभिन्न ठाउँमा घर र विद्यालय निर्माण गरिसकेको जानकारी दिँदै उनले हाल भूकम्प प्रभावित जिल्ला नुवाकोटमा विशेष आयोजनाका रुपमा प्रिफ्याब घरहरु निर्माणका क्रममा रहेको बताए।
तीन आना जग्गामा प्रिफ्याबको एक तले अर्थात चार कोठाको घर बनाउन लाग्ने सामाग्री र खर्च
निर्माण सामाग्री
|
परिमाण
|
मूल्य (रूपैयाँमा)
|
पौडर कोटेट, नटबोल्ड, पिलर
|
६५० स्क्वायर फिट
|
११८,६२५
|
वाल प्यानेल
|
२०० स्क्वायर फिट
|
३६५,०००
|
झ्याल आल्मोनियम
|
२१० स्क्वायर फिट
|
९४,०००
|
सिलिङग
|
८५० स्क्वायर फिट
|
६३,७५०
|
फोलरोन
|
१०० स्क्वायर फिट
|
८०,०००
|
ढोका आल्मोनियम
|
१८० स्क्वायर फिट
|
८१,०००
|
डिपीसी
|
पुग्नेगरी
|
२०३,२५०
|
कलरिङ
|
पुग्नेगरी
|
६०,०००
|
इलेक्ट्रोनिक सामान
|
–
|
१०,०००
|
किचेन, बाथरुम सामान
|
–
|
२५०,०००
|
ज्याला
|
–
|
५०,०००
|
रेखदेख
|
–
|
२५,०००
|
डिजाइन
|
–
|
२५,०००
|
ढुवानी
|
–
|
१५०,०००
|
रुफिङ्ग
|
–
|
९०,०००
|
जम्मा
|
–
|
१६,६५,६२५
|
यसरी हेर्दा पौडर कोटेड राखेर बनाएको प्रिफ्याव एक तलको घरको मूल्य १६ देखि १८ लाख सम्म पर्ने कम्पनीको भनाई छ। प्रिफ्याकै घरहरु पनि मोडल र प्रयोग गर्ने समाग्रीमा फरक हुने हुँदा धेरै बलियो बनाउन खोज्नेलाई केही महँगो पर्न जान्छ।
प्रिफ्याबको चार कोठे घर बनाउँदा कति लाग्छ खर्च?
Reviewed by a
on
7:36 AM
Rating:


No comments: