Top Ad unit 728 × 90

a
Ad Inside Post

भोलि मकर संक्रान्ति, राशिअनुसार गर्नुस् सूर्य उपासना र शनि आराधना

काठमाडौं, २९ पुस — भोलि माघे संक्रान्ति । मकर संक्रान्ति समेत भनेर चिनिने यस दिनदेखि नै उत्तरायण शुरु हुन्छ । यस दिनमा सूर्य भगवान् आफ्नो पुत्र शनिको घर आउने मान्यता छ ।
सूर्यको राम्रो प्रभावका लागि मकर संक्रान्तिमा सूर्य आराधना र शनि उपासनाको अत्यधिक महत्व छ । यो विशेष पर्वमा विशिष्ट पूजन र उपाय गर्दा जीवनमा सकारात्मक असर पर्छ । शनिको प्रकोपबाट बच्नका लागि राशिअनुसार उपाय गर्नुपर्छ :
मेष : भगवान् सूर्यनारायण र सूर्य यन्त्रको पूजन गर्नुस् ।
वृष : धैर्य अपनाउनुस् । उग्र नहुनुस् । राजनीति, सार्वजनिक सम्बन्ध, समाजसेवा एवं आमसञ्चारसँग जोडिएका मानिसले धेरै ध्यान दिनुपर्छ ।
मिथुन : चारैतर्फ तीखो दृष्टि राख्नुस् । समस्या समाधानका लागि शिव यन्त्र पूजा गर्नुस् ।
कर्कट : शेयर बजारमा लगानी गर्ने हो भने ज्योतिषीको सल्लाह लिनुस् ।
सिंह : स्फटिकको शिवलिंगमा दूध समर्पण गर्नुस् ।
कन्या : कसैको झट्ट विश्वास नगर्नुस् ।
तुला : स्वभावमा विनम्रता ल्याउनुस् ।
वृश्चिक : शनिसँग सम्बन्धित चीज दान गर्नुस् । शनिको साढेसाती यन्त्रको पूजा गर्नुस् ।
धनु : शनिको साढेसाती यन्त्रको पूजा गर्नुस् ।
मकर : आलस्य त्याग्नुस् ।
कुम्भ : हनुमान चालीसा पाठ वा हनुमान यन्त्रको पूजन गर्नुस् ।
मीन : गाईलाई चारा खुवाउनुस् ।
अनि बाह्रै राशिका मानिसले यी उपाय गरेमा सूर्य र शनिको आशीर्वाद लाग्छ :
कालो दालको खिचडी दान गर्नुस् र आफू पनि खानुस् ।
सर्स्युँको तेलमा मीठा पुरी बनाएर कालो कुकुरलाई खुवाउनुस् ।
कालो तिल दान गर्नुस् ।
तिलबाट बनेका सबै चीज दान गर्नुस् र पारिवारिक सदस्यले मिलेर खानुस् ।
कालो रंगका कपडा दान गर्नुस् ।
गरीबलाई कालो कम्मल दान गर्नुस् ।
लोकान्तरको सहयोगमा

भोलि मकर संक्रान्ति, राशिअनुसार गर्नुस् सूर्य उपासना र शनि आराधना Reviewed by a on 11:39 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.