Top Ad unit 728 × 90

a
Ad Inside Post

दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि जुत्ता प्रहार

नयाँदिल्ली, १८ पुस - दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि रोहतकमा आयोजित एक आमसभामा आइतबार जुत्ता प्रहार गरिएको छ। यद्यपि जुत्ताले केजरीवाललाई लागेन।
केजरीवालले आफूमाथि जुत्ता प्रहार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गराएको भन्दै आरोप लगाएका छन्। घटनालगत्तै ट्विटमार्फत उनले घटनामा मोदीले आफ्नो लोकप्रियताबाट त्रसित भएर जुत्ता प्रहार गर्न खोजेको दाबी गरे।
उनले ट्विट गर्दै भने, मैले मोदीजी कायर छन् भनेको थिएँ। उनले आफ्ना चाटुकारमार्फत् जुत्ता हाने। मोदीजी, हामी पनि जुत्ता प्रहार गर्न सक्छौं तर हाम्रो संस्कार र विवेकले यस्तो गर्न दिँदैन।
उनले यसको सबै दोष मोदीमाथि लगाए। मोदी असफल भएकाले यस्तो आक्रमण गर्न लगाएको उनको भनाइ छ। आफूमाथि जुत्ता प्रहार गराइयोस् वा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत छापा मारियोस्, यस्ता कुराले आफूलाई कुनै फरक नपर्ने उनको दाबी छ।
नोटबन्दी घोटाला र सहारा, बिडला घुसखोरीको सबै जानकारी आफूलाई भएको भन्दै त्यसको भण्डाफोर गर्ने दाबी पनि गरे। उक्त सभामा प्रधानमन्त्री मोदीका विरुद्ध प्रमाण पेश गर्ने पनि दाबी गरे।
यद्यपि उनले त्यस्तो कुनै प्रमाण भने पेश गर्न सकेनन्। त्यसका लागि उनले एउटा अनौठो व्यवहार देखाए। कार्यक्रममा प्रतिकात्मक रूपमा एउटा बाकस बनाएर मोदीको तस्बिर राखिएको थियो।
त्यसमा नरेन्द्र मोदीको तिजोरी लेखिएको थियो। त्यो बाकसमाथि केजरीवालले हतौडाले फोरेर खोले र त्यसमा रहेको फाइल खोल्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रष्टाचारविरुद्धको प्रमाण भएको बताए। एजेन्सी र अन्नपूर्ण पोस्टको सहयोगमा

दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि जुत्ता प्रहार Reviewed by a on 5:04 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.