२ सय वर्ष पुुरानो भेडाको आन्द्राबाट बनेको एउटै कण्डम पौने लाखमा बिक्यो
काठमाडौं । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ एउटा कण्डमको मूल्य झण्डै पौन एक लाख रुपैयाँ पर्छ भन्दा । तर, २ सय वर्ष अघि भेडाको आन्द्राबाट बनेको कण्डमको ७५ हजार हालेर बिक्री भएको हो । १८ औँ, १९ औँ सताब्दीतिर भेँडाको आन्द्राबाट बनाइएको यो कण्डम त्यो समय चल्तिमा रहेको मिरर.को.युकेमा उल्लेख गरिएको छ । त्यो समयमा सुँगुर, गाई तथा बाख्राको आन्द्राबाट पनि कण्डम बनाउने गरिएको उक्त पत्रिकामा उल्लेख छ । लिलामी भएको भेडाको आन्द्राबाट बनेको कण्डमको लम्बाइ १९ सेन्टिमिटर रहेको छ ।
फ्रान्समा फेला परेको यो कण्डम अनलाइन मार्फत लिलामीमा बिक्रि गरिएको हो । दुई सय वर्षअघि प्लास्टिकका कण्डम निर्माण हुनुअघि सम्म यस्ता जनावरका आन्द्राबाट कण्डम बनाउने चलन थियो । यस्ता कण्डम निकै महंगा हुने भएकाले केवल धनी मानिसहरुले मात्र प्रयोग गर्थे ।
क्याटविकी नामक साइट मार्फत धेरैले यो कण्डम खरीद गर्ने रुची देखाएका थिए । त्यसैले पनि यो कण्डमको मूल्य अनुमान गरिएभन्दा झण्डै दोब्बर बढि परेको जनाईएको छ । नेदरल्याण्डको एम्स्टर्डमका एक व्यक्तिले यो कण्डम खरीद गरेका हुन् । ती व्यक्तिले प्रयोग गर्नका लागि हो वा के गर्नका लागि कण्डम किनेका हुन् त्यो थाहा नभएको बताइएको छ ।
२ सय वर्ष पुुरानो भेडाको आन्द्राबाट बनेको एउटै कण्डम पौने लाखमा बिक्यो
Reviewed by Unknown
on
11:35 PM
Rating:
No comments: