कांग्रेस महामन्त्रीमा शशांक कोइराला विजयी
काठमाडौं: नेपाली कांग्रेसको महामन्त्रीमा रामचन्द्र पौडेलको प्यालनबाट उठेका शशांक कोइराला बिजयी भएका छन्।
नवनिर्वाचित सभापति शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसी र कृष्ण सिटौलाको प्यानलबाट उठेका गगनकुमार थापालाई पराजित गर्दै शशांक कांग्रेसको शक्तिशाली पद महामन्त्रीमा बिजयी भएका हुन् ।
१४७ मत गन्न बाँकी रहेको अवस्थामा महामन्त्रीमा बिजयी कांग्रेसका संस्थापक विश्वेवश्वरप्रसाद कोइरालाका पुत्र शशांकले १३४७ मत ल्याउन सफल भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले ९८३ मत ल्याएका छन् ।
त्यसैगरी युवाहरुलाई राजनीतिमा तान्न सफल गगनकुमार थापाले ५३७ मत ल्याउन सफल भए । कोइराला परिवारले कांग्रेसमा आफ्नो लिगेसीलाई कायमै राख्न पनि उनको जितलाई अर्थपूर्ण र महत्वकारुपमा हेरेको छ ।
शशांकले आफ्नो जीवनको आधा समय चिकित्सा पेशामा बिताएका थिए ।आँखाका डाक्टर रहेका उनी चिकित्सा पेशा छाडेपछि राजनीतिमा होमिएका थिए । उनले सभापतिमा पराजित पौडेल प्यालनबाट जितको झन्डा गाडेका हुन् ।
सभापति सुशील कोइरालाको निधन भएपछि संस्थापनपक्षले कोइराला परिवारको उत्तराधिकारीकारुपमा अघि सारिएका उनले देउवा प्यानलका मतदाताको समेत साथ पाउँदै जित निकाले ।
कांग्रेस महामन्त्रीमा शशांक कोइराला विजयी
Reviewed by Unknown
on
5:00 AM
Rating:
No comments: