नेपाली बजारमा नक्कली अमेरिकी डलर
भारतीय र नेपाली नक्कली रुपैयाँपछि जाली नोटको धन्दामा सक्रिय समुहले नेपाली बजारमा जाली अमेरिकी डलर फैलाएको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरीको विशेष व्युरोले पाकिस्तानी नागरिक समानाज पक्राउ गरेपछी नेपाली बजारमा जाली अमेरिकी डलर फैलिएको तथ्य खुलेको हो ।
व्युरोको टोलीले नाजलाई जेठ ८ मा त्रिभुवन विमानस्थलमा नियन्त्रणमा लिंदा उनको साथबाट १९ हजार ५ सय जाली अमेरिकी डलर फेला परेको थियो । विशेष व्युरोका प्रमुख डिआइजी बमबहादुर भण्डारीका अनुसार सो परिमाण नेपालमा फेला परेका जाली अमेरिकी डलरमा सबैभन्दा धेरै हो भने प्रेसमा छापिएको जाली अमेरिकी डलर फेला परेको समेत पहिलो घटना हो ।
प्रहरीका अनुसार समा नक्कली भारतीय रुपैयाँमा कारोबारमा संलग्न पाकिस्तानी समुहकी सदस्य हुन् । उनी यस अगाडि जाली भारु काराबारमा संलग्न थिइन् । समा विमानस्थलमा पक्राउ पर्दा प्रहरीले उनको साथबाट ३६ लाख जाली भारु समेत फेला परेको थियो ।
‘जाली भारतीय रुपैयाँ मगाउनेहरुले परिक्षणको रुपमा केही अमेरिकी डलर नेपाल भित्र्याएर बजारमा चलाएको देखियो,’ डिआइजी भन्डारीले भने, ‘बजारमा जाली अमेरिकी डलर सहजै कारोबार भएपछि ठुलो परिमाण मगाएको देखिन्छ ।’
उनले नेपाली बजारमा जाली अमेरिकी डलर छरिएको स्विकार गरे पनि कति परिमाणको रकम फैलिएको छ सो भने खुलाएनन् ।
नेटवर्कमा नेपाली
महानगरीय प्रहरी आयुक्त कार्यालयमा बुधबार पत्रकार सम्मेलन मार्फत जाली अमेरिकी डलरसँगै जाली भारतीय रुपैयाँको कारोबारमा संलग्न पाकिस्तानी, भारतीय र नेपाली नागरिकलाई समेत सार्वजनिक गर्यो । प्रहरीले उनीहरुबाट बरामद भएको करिब ५० लाख जाली भारु समेत सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलनमा मिरा जिरेल, सुमन मल्ल, तारणीप्रसाद ठाकुर, बैजनाथ गुप्ता, विजय शर्मा, सदन शर्मा र समालाई सार्वजनिक गरेको थियो । समा पाकिस्तानी नागरिक हुन् भने बैजनाथ भारतीय हुन् । अन्य सबै नेपाली नागरिक हुन् ।
आयुक्त कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापाका अनुसार बैजनाथ सो समुहका प्रमुख व्यक्ति हुन् । उनलाई ठाकुरले सघाउने गरेका थिए । सदनले जाली भारु र अमेरिकी डलर बजारमा पठाएवापत आएको रकम हुन्डी मार्फत विदेश पठाउन सघाउने गरेका थिए भने अन्य नेपालीले सहयोगीका रुपमा काम गर्ने गरेका थिए ।
प्रहरीले उनीहरुलाई बैशाख २६ देखी जेठ ६ गतेसम्मको विशेष अनुसन्धानमा पक्राउ गरेको हो ।
Reviewed by a
on
10:34 PM
Rating:
No comments: