Top Ad unit 728 × 90

a
Ad Inside Post

भारतमा बिरामीलाई अक्सिजनको सट्टा बेहोस हुने ग्यास लगाएपछि...

एजेन्सीः भारतको मध्यप्रदेशको इदौरस्थित सबैभन्दा ठूलो सरकारी अस्पतालमा भएको लापरबाहीले दुई बालकको ज्यान गएको छ ।
यशवन्त राव अस्पतालमा उपचारका लागि लगिएका बच्चालाई अक्सिजनको सट्टा नाइट्रस अक्साईड ग्यास दिइएको थियो ।
बच्चाहरुको उपचारका लागि लगिएको अपरेसन थिएटर पााच दिन पहिलेदेखि सुरु भएको थियो ।
बच्चाहरुको मृत्यु भएपछि अपरेसन थिएटरलाई सील गरिएको छ । घटनाको अनुसन्धानका लागि समिति पनि गठन गरिएको भारतीय प्रहरीले जनाएको छ ।
त्यस्तै अपरेशन थिएटर बनाउनेका विरुद्धमा पनि उजुरी दर्ता गरिएको छ ।
अस्पताका डाक्टर सुमित शुक्लाका अनुसार अक्सिजन र नाइट्रस ग्यास आउने लाइनमा केही गढबड भएको हुनसक्ने अनुमान छ ।
उनले भने–‘हामीले मुद्दा दायर गरेका छौं । हामी चाहान्छौंकी प्रहरीले यस घटनाको सही ढंगले अनुसन्धान गरोस् ।’

भारतमा बिरामीलाई अक्सिजनको सट्टा बेहोस हुने ग्यास लगाएपछि... Reviewed by a on 12:48 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.