Top Ad unit 728 × 90

a
Ad Inside Post

'नेपाल भौगोलिक रुपमै प्राकृतिक प्रकोपको जोखिममा'

काठमाडौँ: अनुसन्धानकर्ताले नेपालको भूगोल प्राकृतिक प्रकोपको बढी जोखिमयुक्त क्षेत्र रहेकाले त्यसबाट बच्न सुरक्षाका उपाय अवलम्बनमा बढी जोड दिनुपर्ने बताएका छन् ।
त्रिवि, केन्द्रीय वातावरण विभाग, अमेरिकाको एरिजोना विश्वविद्यालय र आइसेट नेपालले संयुक्त रुपमा आज आयोजना गरेको छलफल कार्यक्रममा अनुसन्धानकर्ता डा टङ्क ओझा र डा जोनाथन टी वभरपिकले नेपाल भूकम्प, पहिरो र बाढीको उच्च जोखिममा रहेको बताए।
कार्यक्रममा डा ओझाले 'नेपालमा भौगोलिक जोखिमको बुझाइ’ विषयको कार्यपत्र प्रस्तुत गर्दै नेपालमा भौगर्भिक सूचनाको पहुँच नहुँदा प्राकृतिक प्रकोपका घटनाबारे जानकारी लिन र पूर्वसचेतना अपनाउन नसक्दा बढी क्षति भोग्नु परिरहेको बताए। 'अहिलेकै अवस्था यथावत् रहे अबको केही वर्षमा नेपालमा उच्च वर्षा र लामो खडेरीको सम्भावना छ'- उनले औँल्याए।
कार्यक्रममा डा वभरपिकले ‘एक्काइसौँ शताब्दीमा नेपालको वातावरणीय चुनौती’ विषयको कार्यपत्र प्रस्तुत गर्दै सामुद्रिक तापमा वृद्धि, वनजङ्गलको विनाश, ठूला संरचनाको निर्माण, अव्यवस्थित सहरीकरण र भूमिको प्रयोगका कारण वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताए।
उहनले अहिले नेपालमा प्रत्येक दुई दशकमा एक डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको विवरण प्रस्तुत गर्दै यो यथावत् रहे ठूलो जोखिम निम्तने विचार व्यक्त गरे। रासस

'नेपाल भौगोलिक रुपमै प्राकृतिक प्रकोपको जोखिममा' Reviewed by a on 9:08 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.