Top Ad unit 728 × 90

a
Ad Inside Post

धुर्मुस-सुन्तलीलाई नमूना बस्ती बनाउन अस्ट्रेलियाबाट तीन लाख सहयोग

सड्नी: विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा समेत सरकारबाट पुननिर्माणको काम सुरु नभएपछि अस्ट्रेलियामा बस्दै आएका नेपालीहरुले आफ्नो खर्च कटौती गरी पूननिर्माणका लागि भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन्।
हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले सुरु गरेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रहेको गिरानचौर एकीकृत नमूना बस्ती पूर्ननिर्माणका लागि उनीहरुले सहयोग गरेका हुन्।
अध्ययनको क्रममा अस्ट्रेलियामा आएका युवाहरुले सञ्चालन गरेको जयनेपाल फाउन्डेसनेको अगुवाईमा फेसबुकमार्फत उक्त बस्ती निर्माणका लागि तीन लाख २० रुपैँया संकलन गरी धुर्मुश सुन्तली फाउन्डेशनमा पठाएको संयोजक विष्णु सापकोटाले बताए। एक साताको अवधिमा सामाजिक संजाल फेसबुक मार्फत उक्त रकम संकलन गरिएको उनले जानकारी दिए।
'अध्ययन, रोजगार र भ्रमणको शिलशिलामा यहाँ आएको नेपालीहरुले सहयोग गरेका छन्', सापकोटाले भने, 'प्राय विद्यार्थीहरुलेनै आफ्नो केहि खर्च कटाएर यो अभियानमा साथ दिए।' उनका अनुसार नेपालबाट भ्रमणका लागि आएका वृद्धवृद्धाहरु पनि यो अभियानमा सहभागि भएका थिए।
सिड्नीको कोग्रामा बस्ने नेपाली अभिभावकहरुले मात्र उक्त अभियानमा २३ हजार पाँच सय सहयोग गरेका छन्। 'पूर्ननिर्माणको अभियानमा यहाँबाट एक जनाले केहि गर्न सकिदैन', उनले भने, 'समूह मार्फत आव्हान गर्दा पिडितलाई केहि सहयोग गर्न सकिने रहेछ।'
उक्त फाउन्डेशनले यस अघि च्यारिटि शो संचालन गरी भूकम्पबाट प्रभावित बागलुङ जिल्लाका कालिका कन्या माविको भवन निर्माणमा समेत आर्थिक सहयोग गरेको थियो। रासस

धुर्मुस-सुन्तलीलाई नमूना बस्ती बनाउन अस्ट्रेलियाबाट तीन लाख सहयोग Reviewed by a on 6:24 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.