युरोकपबारे नेपाली हेराइ यस्तो छ
काठमाडौं: विश्वकप फुटबलपछिको ठूलो प्रतियोगिता युरोकप संसारभरका खेलाडीका लागि ठूलो पर्व हो। अहिले विश्वभर युरोपियन फुटबल शैली चर्चामा छ। युरो कपले मलाई पनि उत्तिकै छुन्छ।
खेलाडीको खेल्ने शैली र टिम स्पिरिटलाई ध्यान दिएर हेर्ने विचारमा छु। विशेषगरी म रक्षक भएको हिसाबले रक्षापंक्तिका खेलाडीको शैलीलाई चासो दिनेछु।
अहिले कोपा अमेरिका फुटबल पनि चलिरहेको छ। तर प्रायः खेल बिहानै हुने भएकोले हेर्न पाएको छैन। हाम्रो राष्ट्रिय टोलीको अभ्यास पनि बिहानै हुने गरेकोले बिहानको फुटबल हेर्न नपाएको हो।
युरो कपको खेल रातिको समयमा हुने भएकाले परिवारसँगै हेर्ने योजना बनाएको छु। सेमिफाइनलपछि नयाँ योजना बनाउने सोच छ। मेरो युरो कपमा सबैभन्दा मन पर्ने टोली स्पेन हो।
स्पेनको खेल्ने शैली आफैंमा लोभलाग्दो छ। समूहमा पनि स्पेनको खेलमा एकरूपता छ। मलाई व्यक्तिगत रूपमा स्पेनका मार्सेलोको खेलले तान्ने गरेको छ। युरो कपमा शुक्रबार हुने उद्घाटन खेल पनि आफैंमा रोचक हुनेछ।
घरेलु टोली भएकोले फ्रान्सलाई केही सजिलो होला। तर अहिले रोमानिया पनि धेरै राम्रो भएको छ। फ्रान्समा युवा टोलीको वर्चस्व छ। रोमानिया पनि अनुभवी र युवा खेलाडीको समि श्रणले मजबुत देखिन्छ। पहिलो खेल भएकाले दुवै टोलीलाई दबाब हुने निश्चित छ।
No comments: