कस्ता कस्ता छन् फ्रान्सका रंगशालाहरु,,,,,,,,,,,
१. स्टेड दी फ्रान्स – सेन्ट डेनिस
यो फ्रान्सको राष्ट्रिय रंगशाला हो । राजधानी पेरिसको उत्तरी भागमा रहेको यो रंगशाला ८१ हजार दर्शक क्षमताको छ ।यो रंगशाला १९९८ विश्वकपका लागि निर्माण गरिएको हो भने मिचेल प्लाटिनीले यसको नाम जुराएका हुन् । यसको १९९५ मा निर्माण सुरु भएर ३१ महिनामा सम्पन्न भएको थियो ।
यसै रंगशालमा फ्रान्सले ब्राजिललाई ३–० ले पराजित गर्दै विश्वकप ट्रफी उचालेको थियो । फ्रान्सको फुटबल र रग्बी दुवै संघले यस रंगशाला प्रयोग गर्दै आएका छन् । रग्बी र फुटबल दुवै विश्वकपको फाइनल खेलआयोजना यो एक्लो रंगशाला हो । यो रंगशालाले १९९९ र २००७ को रग्बी विश्वकप आयोजना गरेको थियो । यसले सन् २००० को च्याम्पियन्स लिग फाइनल पनि सफलतापूर्वक सम्पन्न गरेको थियो ।
युरो २०१६ को उद्घाटन र फाइनल खेल यसै रंगशालामा खेलाइनेछ । युरोपकै पाँचौं ठूलो यस रंगशालामा समूह चरणका ४, अन्तिम १६ को १ र क्वार्टरफाइनलको १ खेलर फाइनल खेलाइने छ ।
२०१५ मा फ्रान्स–जर्मनीबीचको खेलक्रममा यस रंगशाला बाहिर आत्मघाती बम विस्फोट गरिएपछि युरो२०१६ का लागि विशेष सुरक्षा व्यवस्था गरिएको छ ।
२. स्टेड भेलोड्रोम– मार्सेल
यो रंगशाला १९३८ विश्वकप आयोजनाका लागि बनाइएको हो । त्यसपछि लिग वान फुटबल क्लब ओलम्पिक डी मार्सेलले घरेलु मैदानको रूपमा प्रयोग गर्दै आएकोछ । १९३७ जुन १३ मा यसको औपचारिक उद्घाटन भएको थियो । १९३८ को विश्वकपमा समूह चरणको एक र सेमिफाइनल खेल आयोजना गरेको थियो ।
१९९८ को विश्वकपमा यस रंगशालाको पुनर्निर्माण गरिएको थियो । अहिले यस रंगाशालामा करिब ६७ हजार दर्शक अटाउँछन् । १९९८ विश्वकपमा यहाँ समूह चरणका ४, अन्तिम १६, क्वार्टरफाइनल र सेमिफाइनलका १–१ खेल खेलाइएको थियो ।
युरो २०१६ मा समूह चरणका ४, क्वार्टरफाइनल र सेमिफाइनलका १–१ खेल आयोजना हुनेछ ।
३. पार्क ओलम्पिक लायोनैज –लियोन
यो रंगशाला ग्रान्ड स्टेडको नाममा पनि परिचित छ । लियोन सहर नजिकको यस रंगशाला करिब ५९ हजार दर्शक क्षमताकोछ । २०१२ फेब्रुअरीमा निर्माण अनुमति पाएपछि बनाउन सुरु भएको यस रंगशालाको २०१६ जनवरीमा औपचारिक उद्घाटन गरिएको थियो ।
यस रंगशालामा युरोको समूह चरणका ४ खेल, अन्तिम १६ र सेमिफाइनलका १–१ खेल हुनेछ ।
४. स्टेड पिएर्रे माउरोए – लिले
सुरुमा यस रंगशाला ग्रान्ड स्टेड लिले मेट्रोपोलको नामबाट परिचित थियो । २०१० बाट बनाउन सुरु गरिएको यस रंगशालाको २०१२ अगस्ट १७ मा औपचारिक उद्घाटन गरिएको थियो । लिले सहरका पूर्व मेयर तथा प्रधानमन्त्री पिएर्रे माउरोयको निधनपछि उनीप्रति समर्पित गरेर २०१३ जुनबाट रंगशालाको नाम परिवर्तन गरी स्टेड पिएर्रे माउरोए राखिएको थियो ।
बहुउद्देश्यीयका साथ निर्माण गरिएको यस रंगशालामा फुटबल खेलका साथै कन्सर्ट र साना इन्डोर खेलपनि आयोजना गरिँदै आएको छ । करिब ५० हजार दर्शक क्षमताको यस रंगशालामा युरो २०१६ का समूह चरणका ४, अन्तिम १६ र क्वार्टरफाइनलका १–१ खेल हुनेछ ।
५. पार्क डेस प्रिन्सेज – पेरिस
पेरिस शहरको दक्षिणी भागमा अवस्थित यस रगंशालाको नामको अर्थ राजकुमारहरूको पार्क हो । करिब ४८ हजार ५ सय दर्शक क्षमताको यस रंगशालामा पेरिस सेन्ट जर्मेनको घरेलु मैदान हो । फ्रान्सका राष्ट्रपति जर्ज पोमपिडोउले सन् १९७२ जुन ४ मा यस रंगशालाको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनको १वर्षपछि पिएसजीले यस रंगशालामा खेल्न थालेको हो ।
यस रगंशालामा १९९८ विश्वकपका ६ खेल (समूह चरणका ४, तेस्रो स्थानको र अन्तिम १६ का १–१ खेल) आयोजना गरिएको थियो । यस रगंशालामा युरो २०१६ का ५ खेल (समूह चरणका ४ र अन्तिम १६का १) आयोजना हुनेछ ।
६. स्टेड दी बोर्डेउक्स – बोर्डेउक्स
सन् २०१३ बाट बनाउन सुरु गरिएको यस रंगशालाको निर्माण कार्य २०१५ सम्पन्न भएको थियो । स्थानीय जनताको अवरोधका कारण निर्माण कार्य निर्धारित समयभन्दा ढिलो सकिएको हो । करिब ४२ हजार दर्शक क्षमताको यस रंगशालामा युरोका समूह चरणका ४ र क्वार्टरफाइनलका १ खेल संचालन हुनेछ ।
७. स्टेड जियोफ्रोए र गुइचर्ड – सेन्ट स्टिइन
सन् १९३१ सेप्टेम्बरमा उद्घाटन गरिएको यस रंगशालामा १९८४ युरोपियन च्याम्पियनसिप, १९९८ विश्वकप र २००३ कन्फेडेरेसन कपको आयोजना गरिएको थियो । यस रंगशालालाई रग्बी संघले पनि प्रयोग गर्दै आएको छ । २००७ रग्बी विश्वकप खेल आयोजना भएको थियो ।
४२ हजार दर्शक क्षमताको यस रंगशालामा ४ खेल (समूह चरणका ३ र अन्तिम १६ को १) हुनेछ ।
८. एलिनाज रिभिएरा– नाइस
फुटबल र रग्बी खेलका प्रयोग हुने यस रगंशाला करिब ३५ हजार ५ सय दर्शक क्षमताको छ । २०११ अगस्टबाट निर्माण कार्य सुरु भएको यस रगंशाला २०१३ सेप्टेम्बरमा सम्पन्न भएको थियो ।
यस रंगशालामा समूह चरणका ३ र अन्तिम १६ का १ खेल हुनेछन् ।
९.स्टेड बोलाइर्ट डेलेलिस–लेन्स
यो लेन्स सहरको मुख्य फुटबल रंगशाला हो । १९९३ मा बनाइएको यस रंगशालामा २०१५ मा पुननिर्माण गरिएको थियो । ३८ हजार दर्शक क्षमताको यस रंगशालाले १९८४ युरोपियन च्याम्पियनसिप, १९९८ विश्वकप, १९९९ रग्बी विश्वकप, २००७ रग्बी विश्वकपका खेलहरूसफलतापूर्वक आयोजना गरिसकेको छ ।
यस रंगशालामा समूह चरणका ३ र अन्तिम १६ को १ खेल खेलाइनेछ ।
१०. स्टेडियम दी टोउलोउज – टोउलोउज
यो रंगशाला १९३८ को विश्वकपलक्षित गरेर बनाइएको थियो । टोउलोउज फुटबल क्लबको यो घरेलु मैदान हो । यो रगंशाला रग्बीका लागि पनि प्रयोग हुन्छ ।
१९४८ र १९९७ मा यो रगंशालाको पुनर्निर्माण गरिएको थियो ।यस रगंशालाले १९९८ विश्वकपका ६ खेल आयोजना गरेको थियो । २००७ रग्बी विश्वकपका खेल पनि भएको यस रगंशालाको ३३ हजार दर्शक क्षमता रहेको छ । युरो २०१६ आयोजना गर्ने रगंशालामध्ये यो सबैभन्दा सानो रंगशाला हो । यसमा समूह चरणका ३ र अन्तिम १६ को १ खेल हुनेछ ।
Reviewed by a
on
1:50 AM
Rating:
No comments: