Top Ad unit 728 × 90

a
Ad Inside Post

आज गाईजात्रा पर्व, पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य हुँदै

पोखरा ३ भदौ-
गाइजात्रा पर्वको अवसरमा पोखरामा आज र भोली गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता हुँदैछ । नेवाः खलः कास्कीको आह्वान तथा जाल्पादेवी तायमचा समितीको आयोजनामा महोत्सव तथा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पोखरा र लेखनाथका गरि ३० टोलीले प्रतिस्पर्धा गर्ने महोत्सव संयोजक कृष्णमान ठुसाजुले बताए ।
पोखराको आलुमाइला चोक देखि सृजनाचोक सम्मको सडकमा सुरु भएको महोत्सव अन्तर्गत भाद्र ३ गते विहान १० वजेदेखि नै विभिन्न नेवारी परिकारहरु, नेवारी कला सँस्कृतिका झाँकी लगायत स्थानिय कलाकारहरुको समेत प्रस्तुती हुनेछ ।
महोत्सबको अन्तिम दिन भाद्र ४ गते तायामचा नृत्य प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्तन्वा हुने टोलीलाई क्रमश रु। २५ हजार, १५ हजार, १० हजार, ५ हजार तथा शिल्ड प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसका अलावा प्रतियोगितामा उत्कृष्ट बाद्यबाधन, भेषभुषा, जोकर तथा ख्यालीका लागि पुरस्कार सहित शिल्ड प्रमाणपत्र प्रदान गरिने छ । महोत्सवमा नेवारी खानाका परिकार, नेवारी नृत्य, कुमारी, चर्या, लाखे नाच प्रर्दशन गरिने छ ।
पोखरामा नेवार समुदायको बसोबास शुरु भए देखि नै तायमचा नृत्य देखाउन थालिएको हो । बि.सं. २०५२ साल देखि तायामचा प्रतियोगिता शुरु गरिएको हो ।
शुक्रवार गाइजात्रा पर्व नेवार समुदायको घरमा कसैको मृत्यु भएमा त्यसैबर्ष जनैपूर्णिमाको भोलीपल्ट प्रतिपदाको दिन पितृ उद्धारार्थ मृत्यु हुने व्यक्तिको लुगा, गरगहनालाई सजिसजाउ गरी महिला भए गाई र पुरुष भए गोरुको कलात्मक मुकुण्डो वनाई वजार परिक्रमा गर्ने गरिन्छ ।

आज गाईजात्रा पर्व, पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य हुँदै Reviewed by a on 10:32 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.