रूट परमिट नभएका सवारी विच बाटो वाटै फिर्ता , यात्रु अलपत्र
सरकारले रुट परमिट नभएका सवारीसधनको सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै तराई बाट आएका सय भन्दा बढि सवारी साधन विपी राजमार्ग अन्तरगत काभ्रेको भकुण्डेवेसी वाट फिर्ता पठाइ दिएको छ ।
त्यस्तै मकवनपुरको ग्रामीण भेगमा चल्ने १ सय ८५ बससहितका यात्रुवाहक बस सञ्चालनमा प्रहरीले रोक लगाएको छ । हेटौँडाबाट छतीवन फापर वारी, राईगाउँ, नमटार, कोगटे , आग्रा डाडाँ खर्क, गोगने लागएत गा्रमीण क्षेत्रमा सञ्चालित एकसय ८५ वटा वस सहितका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लागाएको नारायणी यातायत व्यावसायी सँघ हेटौँडाका अध्यक्ष बद्रि चौलागाईले बताए । काभ्रेको वृता देउरालीमा रुट परमिट नभएको बस सोमवार दुर्धटनामा पर्दा २७ जनाको मृत्यु भए पछि सरकारले उक्त निर्णय गरेको थियो। -अन्नपूर्ण पोष्ट
रूट परमिट नभएका सवारी विच बाटो वाटै फिर्ता , यात्रु अलपत्र
Reviewed by a
on
6:19 PM
Rating:
No comments: