Top Ad unit 728 × 90

a
Ad Inside Post

पोक्बा विश्वकै उत्कृष्ट मिडफिल्डर ?

भदौ ३ – म्याचेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोक्बाले केही मेहनत गर्ने हो भने विश्वकै उत्कृष्ट मिडफिल्डरको अर्वाड पाउन सक्ने म्यानचेष्टर युनाइटेड क्लबका म्यानेजर जोसे माउरिन्होले बताएका छन् ।
साउथ ह्याम्टन क्लबबाट खेल्ने पोक्बा चार वर्षपछि आफ्नो पुरानो क्लब म्यानचेष्टर युनाइटेडमा फर्किएका छन् । विश्वकै सबैभन्दा बढी ८ करोड ९० लाख पाउण्ड स्टर्लिङ ९१२ अर्ब ४२ करोड नेपाली रुपैयाँ० मा उनी युनाइटेड फर्किएका । ‘उनी एक उत्कृष्ट मिडफिल्डर हुन्, मलाई लाग्छ उनी विश्वकै उत्कृष्ट मिडफिल्डर बन्ने छन्’ माउरिन्होले भने । तर उनले पोक्बालाई सल्लाहा दिँदै भनेका छन् ‘पोक्बाले आफ्नो गोल संख्या बढाउन नसकेकाले उत्कृष्ट मिडफिल्डरको अवार्डबाट बञ्चित भएका छन् । उनले गाल संख्या बढाउने हो भने विश्वकै उत्कृष्ट मिडफिलडर हुन्छन् यसमाा कुनै संका छैन ।’
फिफा बालोन डिओर ले विश्वकै उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । जुन कि त क्रिष्टीयानो रोनाल्डो कि त लियोनल मेस्सीले जित्दै आएका छन् । मेस्सीले ३७४ गोल गरेका छन् । रोनाल्डोले ३६४ गोल गरेका छन् । त्यस्तै पोक्बाले २०१२ मा म्यानचेष्टर युनाइटेड छोडेपछि युभेन्टसका लागि चार सिजनमा ३४ गोल गरेका छन् ।
‘सबैभन्दा पहिला हामी पोक्बालाई यो भन्छौं कि तुरुन्त गोलको स्कोर बढाउनुस् बालोन डिओर तपाईको हातमा छ’ म्यानेजर माउरिन्होले भने ।

पोक्बा विश्वकै उत्कृष्ट मिडफिल्डर ? Reviewed by a on 7:50 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.