Top Ad unit 728 × 90

a
Ad Inside Post

भारतको तेस्रोलिंगीले नेपाली महिला भगायो

नयाँदिल्ली–भारतको महाराष्ट्र राज्य पुने जिल्लाको येरोडा भन्ने ठाउँबाट बुधवार बेलुका तेस्रोलिंगिले एक नेपाली महिला भगाएको छ । सूदूरपश्चिम नेपालको दार्चुला जिल्ला मालिकार्जुन(४ घर भई हाल पुनेमा श्रीमानसँगै बस्दै आएकी अन्दाजी २० वर्षीया पुनम धामीलाई तेस्रोलिंगिले भगाएको हो ।
भगाईएकी महिलाका श्रीमान हरिश धामीले दिएको जानकारी अनुसार आफू ड्यूटीमा रहेको बेला उक्त घटना भएको हो । विगत तीन वर्षयता पुनेको कोरेगाव पार्कमा रहेको होटेल ग्रिन प्लाजामा काम गर्दै आएका हरिशले दुई महिनाअघि पुनमलाई पुने बोलाएका थिए ।
होटेलबाट करिब चार किलोमिटर टाढा येरोडामा बस्दै आएका हरिशको कोठा छेउकै अर्को कोठामा तेस्रोलिंगी बस्ने गरेको र उनी आफ्नो कोठामा विभिन्न बहानामा आउने गरेको हरिशले बताए ।
बुधवार बेलुका करिब ५ बजेतिर म होटलमा रहेको मौका छोपी पुनमलाई भगाएछ, हरिशले भने, ‘छोरी (पूर्णिमा) लाई कोठामा थुनेर भागिछ, छोरी रुन थालेपछि माथिल्लो तलामा बस्ने एक नेपाली दिदीले मलाई फोन गरेर हजुरको बुढी त छोरीलाई थुनेर तेस्रोलिंगीसँग गई छीटो आउ भनेपछि हत्तपत्त कोठामा पुग्दा रूँदारुँदा छोरी बेहोस भइछन् ।’
घटना लगत्तै सँगै बस्ने अरू नेपालीरूको सहयोगमा खोजी कार्य गरेपनि फेला पार्न नसकेको उनको भनाई छ । तेस्रोलिंगीले विभिन्न प्रलोभन देखाएर पुनमलाई यौन व्यवसायका लागि बेचेको हुन सक्ने हरिशको आशंका छ ।
आफूले तेस्रोलिंगीको नाम समेत थाहा नपाएको हरिशले बताए । कोठा पनि खाली गरेर गएछन्, राती कोठा बन्द रहेको तर बिहान हेर्दा खाली भेटाएको उनको भनाई छ ।
घरधनीसँग पनि तेस्रोलिंगिको परिचय खुल्ने प्रमाण मिलेन, अब कसरी के गर्ने दिमागले काम गरेको छैन हरिशले भने । काम गर्ने होटलको साहुको सहयोगमा पुलिस रिपोर्ट गरेको भएपनि अब नभेटिने हरिशले बताए ।
घटनाबारे घरमा खबर गरेपछि घर र ससुरालीबाट मान्छे आउँदैछन्, के गरु दुई वर्षे छोरीको बिचल्ली भयो हरिशले रुँदै भने, ‘आफ्नो देशमा भएको भए जसरी नी खोजेरै छोड्थे, तर यता त हामीसँग मानवीय व्यवहारसम्म हुँदैन्, सहयोगको के आश गर्नु ?’ हरिशले उच्च शिक्षा अध्ययनका क्रममा पुनमसँग चार वर्षअघि महेन्द्रनगरबाट प्रेम बिबाह गरेका हुन् ।

भारतको तेस्रोलिंगीले नेपाली महिला भगायो Reviewed by a on 9:02 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.