Top Ad unit 728 × 90

a
Ad Inside Post

सरकार सिन्डिकेट बिरुद्द उत्रियपछी अरनिको यातायातको दादागिरी: ६०० बसले सिंहदरबार घेर्ने तयारी

गत सोमबार मात्र अरनीको राजमार्ग भित्र पर्ने काभ्रेको खहरेखोलामा बस दुर्घटना हुँदा ३० भन्दा बढी सर्वसाधरणले ज्यान गुमाए । यात्रुहरुले यसरी ज्यान गमाउनुको पछाडि यातायात व्यवसायीहरुको सिण्डिकेट प्रमुख कारण रहेको सरकारी अधिकारीहरुले निश्कर्ष निकाले र सिण्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीगर्दैथिए ।
सरकारी अधिकारीहरुको यस्तो तयारी चलिरहँदा विहिवार विहान काठमाडौंवाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक र ओखलढुंगाको लागि छुटेका अरनीको यातायात बसका यात्रुलाई धुलिखेलमा ओरालेर अलपत्र पारेको छ ।
बीपी राजमार्ग हुदै रामेछाप जानलाई प्रहरीले रोकेपछि समितिले आफ्ना सम्पूर्ण बस धुलिखेलमा रोकेर यात्रुलाई विच वाटोमै अलपत्र पारेको हो ।
समितिले विगत ३ बर्षदेखि विना रुट परमिट सो वाटोमा सवारी चलाइ रहेको थियो । यसअघि पटके परमिटको आधारमा गाडी चलाउने गरिए पनि विहिवार धुलिखेलवाट नै सो राजमार्गमा बस प्रवेशमा रोक लगाइए पनि समिति आन्दोलित भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात क्षेत्रको सिन्डिकेट तोड्न पहल गर्ने बताएको भोलिपल्ट नै अरनिको यातायात सेवा समितिले यात्रुलाई विचवाटोमै अलपत्र पारेर सिन्डिकेटको नाङ्गो रुप देखाएको छ ।
‘विहिवार विहान प्रहरीले समितिका गाडीलाई विपी राजमार्ग प्रवेश गर्न दिएन, यसैको विरोधमा हामीले सवै यात्रुलाई धुलिखेलमा ओरालेर सेवा बन्द गरेका छौं,’ सो क्षेत्रमा बस चलाउदै आएका एक बस ब्यवसायीले बताए ।
काठमाडौंवाट टिकट काटेर गएका यात्रुलाई अलपत्र पारेपनि सरकारले कुनै कारवाही गर्न सकेको छैन । अहिले पनि ब्यवसायी र सरकारका प्रतिनिधिविच वार्ता भइरहेको छ ।
यसरी यात्रुलाई अलपत्र पार्दा समेत प्रशासनले कुनै कदम चाल्न सकेको छैन । त्यो खबर विभागीय मन्त्री रमेश लेखकको कानसम्म कहिले पर्दछ ?
बीचवाटोमै अलपत्र यात्रुहरु केही काठमाडौं फर्किएका र केही विकल्प खोजेर गन्तब्यसम्म गएका बताइएको छ ।समितिका पदाधिकारीहरुले भने आफूलाई विपी राजमार्गमा गाडी चलाउन नदिए समिति मातहतमा साढे ६ सय बस रहेको र ती सवै बस राती ल्याएर सिंहदरवार चारैतिरवाट घर्ने चेतावनी दिएका छन् ।

सरकार सिन्डिकेट बिरुद्द उत्रियपछी अरनिको यातायातको दादागिरी: ६०० बसले सिंहदरबार घेर्ने तयारी Reviewed by a on 9:28 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.