Top Ad unit 728 × 90

a
Ad Inside Post

राति शौचालय गएकी बालिकाको मुख थुनेर बलात्कार

चन्द्रपुरः एक १२ वर्षीया बालिकालाई सामुहिक बलात्कारका आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना भने फरार छन् ।
रौतहटको सिम्राभवानीपुर गाविसका ३० वर्षीय सलाहुद्धिन अन्सारी, २६ वर्षीय असताफ देवान, ३५ वर्षीय सहीद अन्सारी र १८ वर्षीय असरफ मिंयाले साउन ३१ गते राती सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका छन् ।
बालिका राति करिब ८ बजे शौच गर्न घर नजिकै रहेको पोखरी छेउमा गएको अवस्थामा आरोपित मध्येका असरफ मिंया र असताफ देवानले मुख थुनेर सिम्रा भवानीपुर गाविस–२ मा रहेको वाल मेमोरियल एकेडेमी स्कुल पछाडिको खेतमा लगेर सलाहुद्धिन अन्सारी र असरफ मिंयाले बलत्कार गरेको आरोप छ । अन्य आरोपिले बालिकालाई समातेर राखेको भन्दै उजुरी परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
उजुरीको आधारमा आरोपित मध्येका सलाहुद्धिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । एकबर्ष यता बलत्कार का ८ वटा घटना भएको मा दुई घटनामा बालबालिका रहेकाले अदालतले छाडेको पाँच जना कारगार चलान भएको र एउटा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी मनोज कुमार यादवले जानकारी दिए ।
बलात्कारको घटनामा दोषि ठहर भएकालाई १० बर्ष देखि ५४ बर्ष सम्मको कैद सजाय अदालतले सुनाएको छ । एक बर्षमा रौतहट जिल्लामा १४ वटा बलात्कारका घटना भएको १४ जनालाई पक्राउ गरिएको र तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए।
पछिल्लो बर्षहरुमा चार देखि १५ बर्ष उमेरका बालिका बलात्कृत हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

राति शौचालय गएकी बालिकाको मुख थुनेर बलात्कार Reviewed by a on 4:21 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.