Top Ad unit 728 × 90

a
Ad Inside Post

कुन कोठामा कस्ता रङ उपयुक्त ?

घरमा प्रयोजनअनुसार फरक–फरक कोठा बनाइएका हुन्छन् । प्रयोजन फरक भएपछि कोठाको डेकोरेसन पनि जरुर फरक हुन्छ । फरक उद्देश्यका कोठाका भित्तामा रङ पनि फरक–फरक नै लगाउनुपर्ने हुन सक्छ । पेन्टिङमा विचार पुर्याउन नसक्दा कोठाको आकर्षणमा आाच आउन सक्छ । त्यसो भए कुन कोठाको भित्तामा कस्तो रङ लगाउने ?
लिभिङ रुम
लिभिङ रुमको भित्ता पेन्टिङ गर्दा प्रकार र उज्यालोपनालाई पहिले विचार गर्नुपर्छ । सानो कोठामा गाढा रङ लगाउनु हुँदैन । यसले कोठालाई झनै सानोजस्तो देखाइदिन्छ । सानो कोठामा फिका रङ उपयुक्त हुन्छ । कोठा अँध्यारो छ भने उज्याला रङहरू फिका सुन्तले, हरियो, पहेँलो र घ्यु रङ उपयुक्त हुन्छ । गाढा रङ लगाउने हो भने कुनै एक भित्तामा मात्रै लगाउनुपर्छ ।
बेडरुम
बेडरुममा यस्तो रङ प्रयोग गर्नुहोस्, कोठामा बस्दा तनावमुक्त भइयोस् । कोठामा प्रशस्त उज्यालोको अभाव छ भने हलुका रङ प्रयोग गर्नु उचित हुन्छ । हल्का घ्यु रङ, प्याजी, हरियो आदि । गाढा रङ प्रयोग गर्ने भए केवल एउटा भित्तामा मात्र लगाउन सकिन्छ । गाढा रङ प्रयोग गर्दा रातो, कलेजी, प्याजी, गाढा हरियो, खैरो राख्नु उपयुक्त हुन्छ । अधिकांश महिला–पुरुष (श्रीमान्–श्रीमती) दुवैले प्याजी र कलेजी रङ मन पराएको पाइन्छ ।
चिल्ड्रेन बेडरुम
चिल्ड्रेन बेडरुममा धेरै भड्किलो रङ प्रयोग नगर्दा राम्रो हुन्छ । केटाहरूको कोठाको भित्तामा निलो, खैरो, खरानी, बैजनी रङ सुहाउँछ भने केटीहरूको कोठामा गुलाबी, प्याजी, सुन्तले, पहेँलो रङ सुहाउँछ । भित्तामा स्टिकर र पोस्टर लगाएर सजाउँदा झन् राम्रो देखिन्छ । बालबालिकालाई उनीहरू आफैँले आफ्नो कोठा सजाउने छुट दिनु सबैभन्दा उपयुक्त हुन्छ । जसमा उनीहरू आफैँले गरेको आर्टवर्क पनि सजाउन सक्छन् । उनीहरूको इच्छाअनुसार कोठाको भित्ता सजाउन दिँदा बच्चामा पोजेटिभ इनर्जी आउँछ, अनि मानसिक विकासमा पनि मद्दत पुग्छ ।
किचन रुम
किचन रुमको भित्तामा हल्का पहेँलो, सुन्तले, गुलाबी, रातो, सेतो रङ लगाउनु उपयुक्त हुन्छ । कोठा सानो छ भने हल्का र उज्यालो रङ बढी सुहाउँछ । पल्लाहरूमा भने रातो, कलेजी, पहेँलो, सुन्तले, फिका हरियो रङ सुहाउँछ । काठको पल्लामा महोगनी, रोजबुड, वालनटजस्ता रङ सुहाउँछ । सानो र थोरै प्रकाश आउने कोठामा हल्का रङ प्रयोग गर्नुपर्छ ।
डाइनिङ रुम
डाइनिङ रुमको भित्तामा सुन्तले, रातो, पहेँलो रङ प्रयोग गर्नु बढी उपयुक्त हुन्छ । यस्ता रङले कोठालाई आकर्षक देखाउने मात्रै होइन, भोक पैदा गर्न पनि मद्दत गर्छ । राति सिलिङमा राखिएको बत्ती बाल्दा भित्ताका यी रङले कोठाको चमक बढाइदिन्छ ।
बाथरुम
बाथरुमको भित्तामा लगाउन सबैभन्दा उपयुक्त टायल नै हो । टायलको रङ छान्ने कुरामा विचार पुर्याउनु राम्रो हुन्छ । उज्यालो बनाउने खालका टायल उपयुक्त हुन्छ । बजारमा बाथरुमकै लागि भनेर बाथरुम टायल उपलब्ध हुन्छन् । सफा गर्न सजिलो हुने टायल छान्नुपर्छ ।

कुन कोठामा कस्ता रङ उपयुक्त ? Reviewed by a on 12:18 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.