Top Ad unit 728 × 90

a
Ad Inside Post

तोरीको साग कतिको खानु हुन्छ ?यस्ता छन् तोरी सागका फाइदाहरुः

हामीले साने साग मध्ये तोरीको साग पनि एक हो । तोरीको सागले विश्वास नै नगर्ने फाइदा गर्छ । धेरै मात्रामा खनिज र भिटामिन हुने यस सागमा थोरै मात्र क्यालोरी हुन्छ । नियमित रुपमा तोरीको साग खाँदा शरिरमा पोषणको मात्रा बढाउ, उर्जा प्रदान गर्छ । भिटामिन, खनिज, डाइटयुक्त फाइबर र प्रोटिनको मिश्रणले हुने भएकाले सागका धेरै फाइदा छन् ।
क्यान्सरबाट बचाउछ एन्टिअक्सिडियन्ट र अनुत्तेजक तत्वका कारण यो सागको नियमित सेवनले क्यान्सरबाट बचाउँछ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयको क्यान्सरबाट बचाउँछ ।
स्वस्थ मुटु स्स्तोरीको साग स्वास्थ्य मुटुको पर्याय नै हो । यसले कोलेस्ट्रोलको तह घटाउने र फोलिक एसिड (भिटामिन एम) को मात्रा बढाउँछ ।
एन्टिअक्सिडियन्ट तोरीको सागमा भिटामिन के, भिटामिन ए र भिटामिन सी गरी तीन ओटा ठूला एन्टिअक्सिडियन्टको मात्रा हुन्छ । यसमा आइरन, भिटामिन एम र भिटामिन इ पनि पाइन्छ । भिटामिन इ, सी र एले कोषलाई क्षति गर्ने अणुहरुलाई नष्ट गर्न सहयोग पु¥याउँछ । साथै यसले दम र मुटु रोग लागेका बिरामीलाई फाइदा गर्नुका साथै पिरियड समाप्त भएपछि देखिने समस्या रोक्छ ।
मदिरा र ड्रग्सको कुलतको बिष हटाउँछ स् तोरीको हरियो सागमा पाइने एन्टिअक्सिडियन्ट र सल्फरले विषालु पदार्थलाई हटाउँछ, क्यान्सरको सम्भावना कम गर्छ र अन्य दिर्घकालिन रोगलाई निको बनाउन मद्धत गर्छ ।
फाइबरयुक्त पोषण स् यो साग पोषणयुक्त फाईबरको मुख्य स्रोत पनि हो । यसले मलाशयलाई राम्रो गर्छ, मेटाबोलिजमलाई व्यवस्थापन गर्छ र पाचन प्रणालीलाई समेत सहयोग गर्छ ।
हड्डी रोगबाट बचाउँछ स् क्याल्सियम र पोटासियमको महत्वपूर्ण स्रोत यो सागले हड्डीसँग सम्बन्धित प्राय सबै समस्याबाट मुक्त गराउँछ ।
तौल घटाउँछ स् उच्च मात्रामा फाइबरयुक्त पोषण भएको यस सागले मेटाबोलिजमलाई व्यवस्थापन गर्न र तौल घटाउन पनि मद्धत गर्छ ।
मानसिक स्वास्थ्यमा सुधार ल्याउछ स्जब हामी बृद्ध हुदै जान्छांै हाम्रो मानसिक क्षमतामा पनि बिस्तारै हस आउछ । अध्ययन अनुसार दिनमा तीन पटकसम्म हरियो सागसब्जी खाँदा मानसिक क्षमताको हसमा ४० प्रतिशतले घट्छ ।
दम रोगीलाई सहयोग गर्छ यो साग दम रोगीका लागि पनि उत्तिकै लाभदायक हुन्छ ।
फोक्सो स्वस्थ बनाउँछ स् सूर्तीमा हुने क्यान्सरजन्य तत्वले भिटामिन एको कमि बनाउँछ । जसले पछि गएर फोक्सोमा समस्या ल्याउँछ । तर भिटामिनयुक्त प्रशस्त खानेकुरा खाएर यो चक्रलाई उल्टाउन सकिन्छ । स्वस्थ फोक्सो बनाउन तोरीको साग उत्तम उपाय हो ।

तोरीको साग कतिको खानु हुन्छ ?यस्ता छन् तोरी सागका फाइदाहरुः Reviewed by a on 11:07 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.