Top Ad unit 728 × 90

a
Ad Inside Post

बाबुआमाले छाडेका दिदीभाइको उद्धार

भदौ १८। रत्ननगर: आमाबुबाले छाडेपछि असहाय जस्तै बनेका पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरका दुई बालबालिका (दिदीभाइ) को उद्धार भएको छ।सहाराविहीन भएर गाउँलेको सहयोगमा बस्दै आएका दिदीभाइलाई उद्धार गरी स्थानीय विन्देश्वरी निमाविमा आवासीय रुपमा राखिएको हो।
यसरी आश्रय पाउनेमा आठ वर्षकी सङ्गीता र सात वर्षका लोकज्ञान गोले रहेका छन् । उनीहरु कक्षा ४ र २ मा अध्ययनरत छन्। अमेरिकाको ‘नेपाल जर्नी’ नामक संस्थाले आवासीय सुविधासहितको शिक्षाका लागि सहयोग गरेपछि बालबालिकाको उद्धार गरी स्कुलको छात्रावासमा राखिएको हो।
उनीहरुलाई आवश्यक कपडा, खाद्यान्न, शैक्षिक सामग्री सहित वासका लागि दुईवटा सुविधायुक्त खाट संस्थाले नै दिएको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालले बताए। संस्थाले हरेक महिना विद्यालयको खातामा विद्यार्थीका लागि आवश्यक मासिक रकम उपलब्ध गराउने गरी स्कुलसँग सम्झौता भएको खनालले जानकारी दिए।
जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक रामकृष्ण सिंखडाले अभिभावकविहीन बालबालिकाको उज्यालो भविष्यका लागि संस्थाले गरेको सहयोग महत्वपूूर्ण रहेको बताए।उनीहरुका बुबा कलु गोले वैदेशिक रोजगारीमा रहँदा गएको कात्तिकमा आमा सविना अर्कैसँग गएकी थिइन्। त्यसपछि गएको फागुनमा दोस्रो बिहे गरेका कलुलाई गत वैशाखमा उनले पनि छाडिन्।
श्रीमतीले छाडेपछि कलु अहिले घर छाडेर कहाँ गएका छन् कसैलाई पत्तो छैन। घरमा बोल्न र सुन्न नसक्ने बालबालिकाका हजुरआमा मात्रै भएकाले उनीहरुको रेखदेख छिमेकीले गर्दै आएका स्थानीय आशिष तामाङले बताए। उनीहरुलाई छिमेकी टोपमायाँ गैरेको परिवारले संरक्षण दिँदै आएकोमा अहिले उद्धार गरी शुक्रबारदेखि विद्यालयमा आवासीय रुपमा राख्न थालिएको हो।आजको अन्नपूर्ण पोस्टमा समाचार छ।

बाबुआमाले छाडेका दिदीभाइको उद्धार Reviewed by a on 8:04 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.