Top Ad unit 728 × 90

a
Ad Inside Post

चरा मार्दै हिँड्ने खेमराज कसरी भए गायक ? यसरी आयो वारी जमुना पारी जमुना ?

काठमाडौँ / खेमराज गुरुङलाई सम्झन ‘वारि जमुना पारि जमुना’ गीत नै पर्याप्त छ । यस्तो चर्चित गीतका गायक गुरुङले हामीबाट विदा लिएपनि उनका सिर्जना अमर रहनेछन् । गुरुङले गाएका लोक, पप शैलीका गीत संगीत प्रेमीको सम्झनामा सधैँ रहनेछन् । गुरुङका आलुतामा, धरान–पोखरा, सोल्टी, अनमोल, ढाक्रे, जीवन–१, जीवन–२ लगायत एल्बम चर्चित छन् ।
बच्चामा खेम फटाहा !
गीत मार्फत सधैँ अमर रहने गुरुङको बाल्यकाल कस्तो थियो ? गुरुङकै गाउँले दाइ तथा अरुण उपत्यका साँस्कृतिक अनुसन्धान केन्द्रका अध्यक्ष नविन खड्का मिलनसार तर रिसाहा मानिसका रुपमा लिन्छन् खेमलाई । ‘खेम भाइ सानैदेखि सबैसँग एकदम मिलनसार हो । तर रिसाहा पनि त्यति नै हो । उसलाई रिस उठेपछि फकाउन हामीलाई गाह्रो प¥थ्यो’ अध्यक्ष खड्काले भने, बच्चामा खेम फटाहा थियो ।
गायक गुरुङको अर्को बानी थियो पढ्न जान भनेर स्कुल जाने तर बिचबाटो बाटै गायब हुने । साथीहरु पढेर आउँथे तर उनी किताबका अक्षरसँग लुकामारी खेल्न भन्दा माछासँग लुकामारी खेल्थे, माछा मार्थे, पौडी खेल्न मन प¥थ्यो । सानो उमेरमा उनको ध्यान कहिले पढाईमा नगएको उनीसँगै पढेका सुमन श्रेष्ठको अनुभव छ । ‘हामी पढ्न जान्थ्यौँ, ऊ बाटोबाटै किताब हापेर भाग्थ्यो’ श्रेष्ठले भन्नुभयो ।
चरा मार्न सिपालु !
गायक गुरुङले चराका बच्चा समाउन भन्दै हात नहालेका रुखका टोड्का कमै होलान उनका गाउँका । चरा मार्न सिपालु गुरुङका घरमा घरमा प्राय चराका बच्चा भइरहने अध्यक्ष खड्काले बताए । ‘मभन्दा उ ८÷१० वर्ष कान्छो, म उसँगै त हिँडिन तर खुब चरा माथ्र्यो, चराका बच्चा उसका घरमा भइरहन्थे’ अध्यक्ष खड्काले भने । स्कुल जान छोडेर चरा र माछा मार्न जाने गुरुङको जीवनको मोड एउटा बाँसुरीबाट सुरु भयो ।
बाँसुरी बजाउँन सिपालु !
बरालिएर हिड्यो, रुख रुख चढ्ने, कहाँ कति बेला लड्ने हो भन्ने पिरले तड्पिएको गरुङको परिवार उनी बाँसुरीमा भुलिन थालेपछि केही शान्त भएको थियो । हो त्यही बाँसुरीले चरा मार्दै हिड्ने गुरुङको परिचय बदलिदियो । ‘उ जहाँ गएपनि उसँगै बाँसुरी हुन्थ्यो, बाँसुरी बजाउने, गाउने साथीहरुलाई सुनाउने ग¥थ्यो’ गुरुङका बालसखा सुमन श्रेष्ठले भन्नुभयो ।
बाँसुरी बजाउँदै हिड्ने गुरुङले स्थानीय झर्रा भाषालाई टपक्क टिपेर गाउन थालिसकेका थिए । समाज परिवर्तन लागि दसैँ होइन दशा जस्ता नाटक प्रस्तुत गर्थे । भरिया मजदुरहरुको गीत प्रस्तुत गर्ने गर्थे । यस्तै गीत प्रस्तुत गर्ने क्रममा गुरुङको सांगीतिक यात्रा २०४८ सालमा जीवन भाग–१ नामक एलबम निकालेपछि सुरु भएको थियो । लोक भाकालाई स्थापित पनि गरुङले नै गराएको अध्यक्ष खड्को भनाई छ ।
यसरी आयो वारी जमुना पारी जमुना ?
‘सन् २ हजार भन्दा अघि नेपालमा लोकगीत गाउनेलाई पाखे भन्ने चलन थियो । जब खेमले वारी जमुना पारी जमुना गीत ल्याए, त्यसपछि लोकगीतको स्वर्णीम युग सुरु भएको हो’ खड्काले भने ।‘जब कोशी सभ्यतामा मारुनी लोक नृत्यको सुरुवात भयो । त्यसको ११ औं रागमा गर्रा राग गाइन्छ । त्यस अन्तर्गत नै वारि जुमना पारि जमुना गीत पर्छ । गर्रा रागको उपराघिनी हो वारि जमुना पारि जमुना । त्यसैलाई उहाँले टपक्क टिपेर खेम भाईले गाएका हो ’ खड्काले भने । न्युज २४ बाट

चरा मार्दै हिँड्ने खेमराज कसरी भए गायक ? यसरी आयो वारी जमुना पारी जमुना ? Reviewed by a on 11:24 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.