ब्रतको समयमा सेक्स गर्न हुन्छ कि हुँदैन् ? थाहा पाउनुस्!
एजेन्सी । हाम्रो समाजमा पुरुषको तुलनामा महिलाहरु व्रत बस्ने गर्छन् । धर्मकर्ममा पनि बढी नै सक्रिय हुन्छन् महिलाहरु । खासगरी तीज पर्वमा अधिकांश महिलाहरु व्रत बस्छन् । अन्य पर्वहरुमा पनि व्रत बस्ने चलन छ ।
तर, यो समयमा अधिकाँश जोडी सेक्स पनि गर्छन् त कतिपयलाई भने सेक्स गर्दा व्रत भंग हुने वा पाप लाग्ने डर लाग्छ । लामो समयसम्म चल्ने व्रत हो भने चाँहि शरीरमा उर्जा घट्दै जाँदा सेक्सको चाहाना कम हुँदै जान्छ ।
यदि तपाइँ धार्मिक व्रत गर्दै हुनुहुन्छ भने सेक्स नगर्नु्स् । धार्मिक अर्थमा व्रत बस्नु भनेको मानसिक मात्र नभएर शारीरिकरुपमा पनि शुद्ध रहनु र सांसारिक गतिविधीबाट पनि मुक्त रहने प्रयास हो ।
खासमा खाना नै सबै शारीरिक चाहानाको जड हो । जति खाना बढी खाइन्छ त्यति नै बढी सेक्सको चाहाना हुन्छ । सात दिन सम्म सेक्स नगरी बस्नु र अर्को सात दिन खाना नखानुस् कुन गाह्रो हुन्छ आफै अनुभव गर्नु हुनेछ । ना नखाने हो भने सेक्सको चाहाना आफै घट्छ ।
तर सेक्स कुनै अधार्मिक क्रियाकलाप पनि होइन । सबै धर्ममा यौन अनुशासनको कुरा गरिएको छ तर सेक्सको महिमा पनि सबै धर्मग्रन्थमा छ ।
सामान्यतया छोटो अवधीको व्रत बस्दा सेक्स नगर्नु नै राम्रो हुन्छ । तर दिन भन्दा लामो व्रतमा भने सेक्सको चाहाना पनि कम हुन्छ र सेक्स गर्दा पनि हुन्छ । व्रतमा सेक्स गर्दा भोक बढी लाग्छ । त्यसकारण व्रतको समयमा सकेसम्म सेक्स नगर्दा नै राम्रो हुन्छ ।publik khabar
No comments: