तीजको अवसरमा अष्ट्रेलियामा नेपाली चेलीहरुलाई निःशुल्क बस सेवा (फाेटाेफिचर)
मदन कोइराला
सिड्नी, १९ भदौ-
तीजको मुख्य दिन आज देश विदेशका नेपाली नारीहरुले व्रत बसी भगवान शिवको पूजाआराधाना गर्दैछन् । अस्ट्रेलियाको सिड्नीमा रहेको मिन्टो मन्दिरमा आज बिहानै देखी भक्तजनहरुको भीड लागिरहेको छ ।
सिड्नीको प्रचलित हिन्दू मन्दिर मिन्टोसम्म पुग्नका लागि नेपाली चेलीहरुलाई सहयोग होस् भन्ने उद्धेश्यले मिन्टो ट्रेन स्टेशनसम्म निःशुल्क बस सेवा उपलब्ध गराईएको छ ।
मिन्टोमा बिहानैदेखी सैयौं नेपाली चेलीहरु पूजा गर्दै तीज गीत गाएर रमाइलो गरिरहेका छन् भने अधिकांशले निराहार व्रत पनि बसेका छन् । नेपालीहरुको महान चाड तीजको उपलक्ष्यमा शुभकामना सहित गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको एनएसडब्ल्यू स्टेट कोअर्डिनेसन काउन्सिलले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मिन्टो ट्रेन स्टेशनबाट मन्दिरसम्म निःशुल्क बससेवा प्रदान गरिरहेको छ ।
मन्दिर ट्रेन स्टेशनबाट केहि दूरीमा रहेको छ । यस्तै, झापाली समाज अस्ट्रेलियाले पनि बिहान ९ बजेदेखि साँझ ७ बजे सम्म निरन्तर भक्तजनहरुलाई यातायातको सुविधा उपलब्ध गराईरहेको छ ।
ओभरसिज नेपाली फोरम अस्ट्रेलियाले पनि बिहान ९ बजे देखि साँझ ७ बजेसम्म निःशुल्क बसको सुविधा मिलाएको छ । निःशुल्क बस सुविधाले नेपाली चेलीहरुलाई मन्दिरसम्म ओहोरदोहोर गर्न सहज भएको छ
No comments: