विवाह पछि चिन्नै नसकिने भएका बलिउडका ७ नायिका
एजेन्सी । छोरी आदिरा चोपडालाई जन्म दिएको लगभग ७ महिना पछि रानी मुखर्जी पहिलो पटक मिडियाको क्यामेरामा कैद भइन। मुम्बई एयरपोर्टमा देखा परेकी रानीमा बदलाव देखिनु स्वभाविक थियो।
पहिलो सन्तान जन्माएपछि रानीमा आएको बदलाव भने चिन्नै नसकिने छ। सन् २०१४ अप्रिलमा इटलीमा एक प्राइभेट सेरेमोनीमा उनले फिल्ममेकर आदित्य चोपडासंग विवाह गरेकी थिइन। डिसेम्बर २०१५ मा रानीको घरमा छोरीको जन्म भयो। इटलीमै समय बिताइरहेकी रानी लामो समय पछि मुम्बई फर्केकी हुन। रानीको अलावा बलिउडका यी नायिकाहरु पनि प्रेग्नेन्सी पश्चात निकै बदलिएका थिए।
ऐश्वर्या राय
सन २००७ मा अभिषेक बच्चनसंग विवाह गरेकी ऐशले सन् २०१२ १६ नोभेन्बरमा छोरी आराध्यालाई जन्म दिएकी थिइन।
काजोल
लामो डेटिङ पश्चात काजोलले अजय देवगनसंग सन् १९९४ मा विवाह गरिन। काजोलले सन् २००३ मा छोरी न्यासा र सन् २०१० मा छोरा युगलाई जन्म दिएकी थिइन।
करिश्मा कपूर
अभिषेक बच्चनसंग सम्बन्ध टुटेपछि करिश्मा कपूरले सन् २००३ मा व्यावसायी संजय कपूरसंग विवाह गरेकी थिइन। यो जोडिको दुई बच्चा छन्, समायरा र कियान।
ट्वींकल खन्ना
राजेश खन्नाको छोरी तथा नायिका ट्वीकल खन्नाले सन् २००१ मा अक्षय कुमारसंग विवाह गरेकी थिइन। यो जोडीको दुई बच्चा छन्, आरव र नितारा।
शिल्पा शेट्टी
नायिका शिल्पा शेट्टीले व्यावसायी राज कुन्द्रासंग सन् २००९ मा विवाह गरिन। यो जोडीको छोरा विवानको जन्म सन् २०१२ मा भएको थियो।
अमृता अरोडा
सन् २००२ मा डेब्यु गरेकी अमृता अरोडाले मार्च २००९ मा शकिल लडकसंग विवाह गरिन। यो जोडीको दुई बच्चा छ। अजान र रियान।
No comments: