Top Ad unit 728 × 90

a
Ad Inside Post

तीन वर्षदेखि दशैँमा घर जान नपाएकी नर्सलाई बिरामीको हजुरआमाले जमरा लगाइँदिदा...

 - स्मिता काफ्ले, नर्स , त्रिवि शिक्षण अस्पताल
दशैँको रमाइलो सुरु भैसकेको छ । तर अस्पतालमा कर्यरत नर्सहरु भने दशैँको समयमा कुन बिरामीलाई कसरी हेरचाह गर्ने भन्ने चिन्तामा छन् । दशैँको टिकाको दिन होस् वा दशैँका अघिल्ला र पछिल्ला दिन नै किन नहोस् डिउटीमा रहेका नर्स बिरामी छाडेर निस्कँदैनन् । अस्पतालमा बिरामीसँग जतिबेला पनि सँगै रहने भनेको नर्स नै हुन् ।
सर्वत्र दशैँको रौनकले छोपेको समयमा नर्सको दशैँ कस्तो हुन्छ ? कसरी मनाउँछ भन्ने विषयमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्स स्मिता काफ्लेले आफ्नो अनुभव यसरी सुनाइन् । उनको अनुभव उनकै शब्दमा :
तीन वर्ष भयो दशैँ मनाउन म घर जान नपाएको । तीन वर्षदेखि नै टिकाको दिन पनि मेरो डिउटी परिरहेको छ । दशैँको टिकाको दिन घरमा आमाबुबासँग नहुँदा केही दुख त अवश्य लाग्छ । तर, जब अस्पतालमा बिरामीहरुको सेवामा लाग्छु ति दुख भुल्छु । बिरामीहरु पनि त घर नगई अस्पतालमा रोगसँग लडिरहेका हुन्छन् ।
अन्य समयमा भन्दा दशैँमा काम गर्न भने केही डर भने लाग्ने हुन्छ । अझ नाइट डिउटीमा थप डर लाग्छ । किनभने दशैँको समयमा अस्पतालमा बिरामीको संख्या अत्याधिक कम हुने र डाक्टर, नर्स तथा अन्य कर्मचारी पनि कम हुँदा एक्लै जस्तो डिउटी गर्नुपर्ने हुन्छ । दशैँको समयमा धेरै बिरामीहरु डिस्चार्ज हुने भएकाले सिकिस्त अवस्थाका बिरामी मात्र अस्पतालमा हुन्छन् । यस्ता बिरामीको संख्या निकै कम हुन्छ । तर कति बेला के हुने हो भन्ने डर भने रहिरहन्छ ।
डाक्टर तथा नर्सको संख्या कम हुने हुँदा डिउटीमा रहेकाले नै सबैजसो बिरामीलाई हेर्नुपर्ने हुन्छ । आकस्मिक पर्यो भने तुरुन्तै डाक्टरलाई फोन गरेर बोलाउनु पर्छ । सामान्यतया दशैँको बिदाको समयमा हाम्रो हाफ डिउटी हुन्छ । चार घण्टाको डिउटी समय रहन्छ । तर तीन वर्षदेखि नै टिकाको दिन गाँउ जान नपाएकाले मेरो दशैँ अस्पतालमा नै बिरामीसँगै हुन्छ । तीन वर्षदेखि कहिले पनि साइतमा टिका लगाउन पाएको छैन ।
अस्पतालमा काम गर्ने क्रममा एक पटक एक जना हजुरआमाले बिरामी नातीलाई भेट्न आउँदा मलाई पनि जमरा लगाइदिनु भएको छ । टिकाको साइतमा टिका लगाउन नपाए पनि ति हजुरआमाले लगाइदिएको जमराले छुट्टै खुसी मिल्यो । दशैँमा अस्पतालको शैयामा नै टिका लगाएको हेर्दै आएकी मलाई ति हजुरआमाले ‘घर पनि नगाई यती धेरै बिरामीको सेवामा लागेकी छौँ ल जमरा लगाउँ’ भन्दै लगाइदिनु भयो र आशिर्वाद पनि दिनु भयो । दिउसोको २ बजेतिर हो उहाँले मलाई जमरा लगाइदिनु भएको । उहाँको त्यो व्यवहारले मलाई भित्रबाट नै खुसी मिल्यो ।
तर, यो पटकको दशैँमा भने मैले बिदा पाएको छु । यो दशैँ भने आफ्नै गाँउमा पुगेर साइतमा नै टिका लगाउने तयारीमा छु । तीन वर्षपछि साइतमा टिका लगाउन पाउने भएपछि मन फुरुङ्ग भएको छ । मम्मी ड्याडी पनि हर्षित हुनुहुन्छ । मेरो डिउटी नपरे पनि अरु नर्सहरुको भने यस पटक डिउटी परेको छ । डिउटीमा रहेका अन्य नर्सहरुले विगतमा मैले बिरामीले बेडमा दशैँ मनाएको हेरेर खुसी भएझैँ खुसी हुने प्रयास गर्नेछन् ।स्वास्थ्य खबरपत्रिकाबाट

तीन वर्षदेखि दशैँमा घर जान नपाएकी नर्सलाई बिरामीको हजुरआमाले जमरा लगाइँदिदा... Reviewed by a on 3:21 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.