विश्वका तीन गरिबमध्ये भारतीय एक
काठमाडौं । विश्व बैंकको एक प्रतिवेदन अनुसार विश्वका हरेक ३ जना गरिबमध्ये भारतीय एकजना हुने गरेका छन् । विश्वभरबाट सन् २०१३ को जनसंख्यालाई आधार मानेर गरिएको अध्ययनले विश्वको तीन गरिब मध्ये एकजना भारतीय रहेको देखाएको हो ।
बैंकको प्रतिवेदनमा विश्वमा अहिले पनि ७६ करोड मानिस गरिबीको रेखा मुनि रहेको बीबीसी जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा ७६ करोडमध्ये २२ करोड भारतीय नागरिक अहिले पनि गरिबीको रेखामुनि छन् । उक्त संख्या भारतको कूल जनसंख्यको ३० प्रतिशत हो ।
सबैभन्दा बढी गरिबी अफ्रिकी महादेशमा रहेको विश्व बैंकले बताएको छ । विश्व बैंकले सन् २०३० सम्ममा विश्वबाट गरिबी अन्त्य गर्ने लक्ष्य लिएको छ ।
विश्वका तीन गरिबमध्ये भारतीय एक
Reviewed by a
on
2:59 AM
Rating:
No comments: